सुजुकी एक्सचेञ्ज क्याम्पमा १५ सवारी साटफेर

पोखरा, ३० चैत/पोखरामा भएको मारुती सुजुकी गाडीको एक्सचेञ्ज क्याम्पमा १५ सवारी साटफेर भएको छ । सुजुकीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिको आयोजनामा मंगलवार र वुधवार भएको दुई दिने एक्सचेञ्ज क्याम्पमा सुजुकीका स्इिफ्ट, व्रेजा, वलेनो लगायतका मोडलहरुमा आकर्षण देखिएको छ ।

कार्यक्रममा ५० जनाले टेष्ट राईड गरेको वतास व्रदर्शका प्रवन्धक गणेश ढकालले जानकारी दिए । “नयाँवर्षको मुखमा गरिएको एक्चेञ्ज उत्साहपुर्ण रह्यो”, प्रवन्धक ढकालले भने,“ निरन्तर रुपमा एक्सचेञ्ज,टेष्ट राईड लगायतका प्रवद्र्धनात्मक कार्यक्रहरु गर्दै यस क्षेत्रमा उल्लेख्य रुपमा बजार विस्तार गर्न र व्राण्डको प्रवद्र्धन गर्न सफल भएका छौँ”।

कम्पनीले नेपालीहरुको नयाँवर्षको अवसरमा गाडी किन्न चाहनेहरुका लागि विभिन्न अफरहरु समेत सार्वजनिक गरेको छ । गाडी विक्रीमा ८० प्रतिशतसम्म फाईनान्सको सुविधा, न्युन व्याजदर, ४ लाख रुपैयासम्मको नगद छुट , चार वर्षको वारेन्टी तथा सरल फाइनान्स सुविधा अफरमा समावेश छन् । नववर्षको अवसरमा कम्पनीले ल्याएको अफरवाट धेरै ग्राहकवर्ग लाभान्वित हुने र विक्री वढाउन यसले सहयोग पुग्ने विश्वास कम्पनीको छ । चारपाङ्गे मारुती सुजुकी गाडीको नेपालको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतको सिजी मोटो कर्प रहेको छ ।

कमेन्टहरु
Loading...