‘सुजुकी हायाती’ मोटरसाइकल पोखरामा

कात्तिक ११, पोखरा/सुजुकीको हायाती मोटरसाइकल पोखराबाट बिक्री सुरुवात भएको छ । सुजुकीका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता हिमालय अटो वल्र्ड नयाँबजार पोखराले सोमबारदेखि नयाँ मोडेलको सुजुकी हायाती पोखरा भित्र्याएको हो । हायातीको मिस पोखरा–२०१३ का बिजेता रस्मी अधिकारीले एक कार्यक्रमका बीच बिक्री समुद्घाटन गरिन् । सो अवसरमा बोल्दै उनले नयाँ मोडेलको हायाती मोटरसाइकलले धेरैको मन जित्ने विश्वास व्यक्त गरिन् ।

sujakiहिमालय अटो वल्र्ड प्रालिका अध्यक्ष ध्रुव थापाको जापानी ब्राण्डको सुजुकी मोटरसाइकलाई धेरै पोखरेलीहरुले मन पराएको जानकारी दिए । ‘सुजुकी हायातीलाई समेत धेरैले रुचाउनेछन्’ उनले भने । ५ ओटा कलरमा बजारमा उपलब्ध सुजुकी हायातको बजार मूल्य १ लाख ४९ हजार ९ सय रहेको छ । दशैंतिहार तथा बिक्री सुरुवात भएको अवसरमा यो मूल्यमा ग्राहकलाई १० हजार छुट दिइने अध्यक्ष थापाले जानकारी दिए । १ सय १३ सीसी क्षमता रहेको सुजुकी हायातीको पिकअप क्षमता राम्रो रहेको अटो वल्र्डका सञ्चालक मिलन थापाले जानकारी दिइन् । मोटरसाइकलको ‘लुक्स’समेत आकर्षक भएको उनको भनाइ छ ।

राम्रो माइलेज दिने यो हायाती अफरोडका लागि समेत उपयुक्त रहेको अटो वल्र्डका म्यानेजिङ डाइरेक्टर प्रविण कर्णले बताए । बाइकमा भाइब्रेसन नआउने भएकाले लामो यात्रा गर्दासमेत थकान महसुस नहुने उनको भनाइ छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, पश्चिमाञ्चल डिलर एशोसियसनका पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...