पोखरामा सुजुकी सेलेरियो एक्सको विक्रि सुरु

पोखरा, २ चैत/मारुती सुजुकी व्राण्डको सेलेरियो एक्स पोखरा बजारमा भित्रिएको छ । सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले विहीवारवाट उक्त कार विक्री सुरु भएको जनाएको छ ।

सेलेरियो एक्स स्पोर्टस्मा एरोडाईनामिक, अगाडीको भाग एक्स थिममा रहेको र दायाँ वाया तथा पछाडी वम्पर स्किड प्लेटमा भएकोले सुरक्षाको हिसावले पनि गाडी उत्कृष्ट रहेको कम्पनीको दावी छ । विक्री सुरुवात गरिएको पहिलो दिनमानै ३ वटा गाडी विक्री भएको र २ वटा वुकिङ्ग भएको छ ।

‘सेलेरियो पूर्णत पारिवारिक कार हो । यो सुजुकीका मोडलहरु अधिकांशको रोजाई छन्।’ वतास व्रदर्शका प्रमुख अपरेटिङ अफिसर(सिओओ) राजेश रानाभाटले भने‘अन्य मोडल जस्तै एक्स क्रस पनि गण्डकी धौलागिरी क्षेत्रका ग्राहकको पहिलो रोजाईमा पर्ने विश्वास लिएका छौँ।’

यसमा ड्युल एयर व्याग, एन्टिलक व्रेकिङ सिस्टम, ड्राईभरको साईडमा सिट वेल्ट रिमाईन्डर, ड्राईभरको सिटको उचाई घटवढ लगायका विशेषता रहेको मार्केटिङ अफिसर नवराज अधिकारीले वताए । एक्स क्रस सुन्तलाको सिग्नेचर लगायत विभिन्न ४ वटा रङहरुमा उपलव्ध छ ।  एक्स क्रसको मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसले २३.१ किमी प्रति लिटर माईलेज दिने दावी गरिएको छ ।

कमेन्टहरु
Loading...