Ganthan News Pokhara
All news from Pokhara & around

सुनपँदालीमा हुने विराट ज्ञान महायज्ञको तयारी पूरा

0

पोखरा, २२ फागुन /मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा हुने श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।

ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ ।

६ फिटका एक सय आठ ओटा जलधारा सहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक भुपेन्द्रप्रसाद अधिकारीले बताए ।

त्यस्तै, मन्दिर संचालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागि समेत पहल गर्ने बताइएको छ ।

महायज्ञबाट दुई करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न १८ देखि २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

महायज्ञ उद्घाटनपूर्व २३ गते कलशयात्रा निकालिने छ । पोखरा – १३ काँहुखोलाबाट शुरु हुने कलशयात्रा विभिन्न स्थान परिक्रमापछि महायज्ञस्थल पुगेर उद्घाटन समारोहमा परिणत हुने छ । महायज्ञसँगै तुलादान, ब्रतबन्ध, योग शिविर, चौरासी पूजा, ग्रहशान्ति, सहस्र शिव पूजा अर्चना, संङ्गितमय प्रवचन गरिने छ । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन् ।

कास्कीको पूरानो प्राचिन मन्दिर भइकन पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यसअघि १४ वर्ष पहिलेपनि महायज्ञ आयोजना गरिएको थियो । त्यतिबेलाको महायज्ञबाट संकलित रकमबाट सभाहल सहितको भवन निर्माण गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु