सुलभ डिपार्टमेन्टल स्टोर्स नारेश्वरमा, १५ करोड लगानी

पोखरा, २५ असार/करिब ७ वर्ष पहिले सानो स्टोर्सका रुपमा सञ्चालनमा आएको सुलभ स्टोर्स अब डिपार्टमेन्टल स्टोर्सको रुपमा नारेश्वरमा मंगलबार देखी पुर्ण सञ्चालनमा आउने भएको छ । सुलभ उपभोक्ता सहकारी संस्थामार्फत लेकसाइडस्थित गौरीघाटमा सञ्चालित स्टोर्सले १५ करोड रुपैयाँको लगानी नयाँ डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको हो ।

मंगलबारबाट नयाँ स्थानबाट सेवा सुरु गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बरालले जानकारी दिए । उनले साढे ४ रोपनी जग्गामा सञ्चालित डिपार्टमेन्ट स्टोर्सबाट पोखराका ३ सय भन्दा बढी होटल तथा रेष्टुरेण्टहरु र अन्य सर्वसाधाराणलाई सेवा प्रदान गर्ने बताए ।

सुलभ डिपार्टमेन्टल स्टोर्स नारेश्वरमा, १५ करोड लगानी
सुलभ डिपार्टमेन्टल स्टोर्स नारेश्वरमा, १५ करोड लगानी

सानोदेखि ठूला परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्य सामानहरु सहज तरिकाले बिक्री वितरण गरिने संस्थाका उपाध्यक्ष गोपी भट्टराईले जानकारी दिए । शुभारम्भका अवसरमा असार २६ देखि साउन ६ गतेसम्म प्रत्येक १ हजार रुपैयाँको खरिदमा एक केजी चिनी उपहार प्रदान गरिने उनले जानकारी दिए । ‘डिपार्टमेन्टल स्टोर्स सञ्चालनसँगै भविश्यमा कृषि उत्पादन, मिनिरल वाटर, घरेलु उत्पादन तथा बस्तु आयात तथा निर्यात लगायतका गतिविधिमा पनि सम्लग्न हुने सोच छ,’ उनले भने ।

सुपथ मूल्यमा सामान उपलब्ध गराइएकाले ग्राहकको विश्वास जित्न सफल भएको बरालले बताए । पर्याप्त पार्किङको सुविधा, सम्पूर्ण सामान एउटै छाना मुनी उपलब्ध, सुपथ मूल्य, घरमै सामान पु¥याउने सुविधाले पनि स्टोर्समा ग्राहकको आकर्षण बढ्ने बरालले विश्वास व्यक्त गरे ।

स्टोर्समा ४० जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको उनले बताए । पहिले सञ्चालन हुदै आएका गौरी घाटको स्टोर्सपनि सञ्चालन गर्ने उनले बताए । पोखराका ४४ जना पर्यटन व्यवसायीहरुको संयुक्त लगानी रहेको सुलभ डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएका थिए ।

कमेन्टहरु
Loading...