पोखराको स्टेप अप रेष्ट्रोमा अक्टोवियर फेष्ट आजदेखी

पोखरा, १४ कार्तिक / पोखराको लेकसाईडस्थित स्टेप अपमा आजदेखी वियर फेष्ट शुरु भएको छ । स्टेप अप रेष्ट्रो एण्ड स्पोर्टस बारले तीन दिनसम्म ‘अक्टोवियर फेष्ट’ आयोजना गरेको हो । साँझदेखि वियर फेष्टमा लाईभ म्युजिक रमाउने पाइने छ ।

पोखरामा अक्टोवियर फेष्ट पहिलो पटक आयोजना गरिएको स्टेप अप रेष्ट्रोका संचालक रविन्द्र ढुंगानाले बताए । जर्मनमा अक्टोबरमा वियर पिउने सँस्कृति रहेको उल्लेख गर्दै उनले त्यसैलाई आधार मानेर पोखरामा पहिलो पटक अक्टोवियर फेष्ट आयोजना गरिएको सुनाए ।

फेष्टमा वियर पिउने प्रतियोगिता, वियरको स्वाद पत्ता लगाउनुपर्ने प्रतियोगिता लगाएतका हुने रेष्ट्रोकासंचालक आशिष घिमिरेले जानकारी दिए । समूहगत रुपमा वियर पिउने प्रतियोगिता समेत आयोजना गरिने उनले बताए । बिहीबार क्याकटसले सांगितीक कार्यक्रम, दोस्रो दिन द डिपार्टेट (स्थानीय व्याण्ड) को प्रस्तुत रहने छ ।

रेष्ट्रो एकैपटक १ सय ३० जना अटाउने क्षमता रहेको छ । भिआईपीको लागि प्राईभेट, प्राकृतिक दृष्यमा रमाउनेको लागि लेक भ्यु देखिने रुफटप रहेको उनले घिमिरेले बताए । उनले रेष्ट्रोले खेलकुदलाई पहिलो प्रथामिकता राखेको बताए ।

उनले देश विदेशका खेल हुदाँ लाइभ ठुलो पर्दामा समेत खेल हेनृ व्यवस्था भएको बताए । स्वदेशी तथा विदेशी पाहुनाहरुका साथै पोखराका ग्राहकहरुलाई नयाँ खालको महोत्सव र नेपाली ब्रुअरी उत्पादनहरुको प्रवर्द्वन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले सुनाए ।

कमेन्टहरु
Loading...