सृजनाद्वारा १४ हजार फलफूल विरुवा वितरण

पोखरा, ८ असार /सृजना विकास केन्द्र, सृजना बैंकिङको वार्षिक कार्यक्रम तथा विश्व वातावरण दिवसको सन्दर्भमा विभिन्न शाखा कार्यालयहरु मार्फत १४ हजार फलफूल विरुवा वितरण गरिएको छ । कास्की, तनहुँ, गोरखा, लमजुङमा २१ वटा शाखा रहेको केन्द्र मार्फत यस वर्ष आँप, लिची, कागती, अम्बाका १४ हजार विरुवा वितरण गरिएको प्रथम उपाध्यक्ष कृष्ण थापाले बताए ।

सरकारको एक घर एक फलफूल वितरण तथा वातावरण प्रभावका लागि फलफूल विरुवा वितरण महत्वपूर्ण रहेको कोषाध्यक्ष इन्द्र पौडेलले बताए ।  विगत वर्षदेखि बैंकिङमा आवद्ध रहेका महिलाहरुलाई लक्षित गरी वितरण गरिएको कार्यक्रममा हालसम्म १ लाखभन्दा बढी विरुवा वितरण गरी सकिएको महासचिव मिन प्रसाद भट्टराईले बताए ।

केन्द्रका अध्यक्ष अर्जुन श्रेठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यष राजु पौडेल, बैंकिङका मुख्य व्यवस्थापक दिवस ढकाल, आलेप अधिकृत धर्मदत्त आचार्य, सचिव विश्व श्रेष्ठ, संचालक सदस्यहरु कमला गिरी, चन्द्र गिरी, राजकुमार ठुसाजु, विक्रम खिचाजु लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रले स्थापनादेखि विविध सामाजिक रचनात्मक कृयाकलापहरुको माध्यमबाट सकृय रहँदै आएको छ । ग्रामीण महिलाहरु तथा बैंकिङका आवद्ध महिलाहरुको आयआर्जनका लागि लक्ष्य राखी वितरण गरिएको विरुवा विभिन्न शाखा कार्यालयहरुको व्यवस्थापनमा वितरण गरिएको अध्यक्ष अर्जुन श्रेष्ठले बताए । २०६० देखि गरिबी न्यूनिकरणका लागि न्यून वर्गका महिलाहरुको आर्थिक क्षमताका लागि शुरु गरिएको कार्यक्रममा ३० हजारभन्दा बढी महिलाहरु आवद्ध रहेका छन् ।

कमेन्टहरु
Loading...