सोनी टिभीको विश्वकप फुटबल महोत्सव सुुरु, २५ प्रतिशत सम्म छुट

पोखरा, ७ जेठ/विश्वकप फुटबल प्रतियोगितालाई लक्ष्त गरि सोनी टिभीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमाले पोखराबाट फुटबल महोत्सव अभियान सुरु गरेको छ ।

सोनीका ब्राण्ड एम्बेस्टर अभिनेता निश्चल बन्नेतको उपस्थितिमा पोखराको भाटभटेनी सुपरमार्केटबाट महोत्सवको सुरु गरेको हो । विश्वकप फुटबल हेर्न ठुला टेलिभिजन किन्ने व्यक्तिहरुलाई लक्ष्त गरी विश्वकप फुटबल महोत्सवको सुरु गरेको नेपा हिमका बजार व्यवस्थापक सौरभविक्रम पन्तले जानकारी दिए ।

पोखराबाट सुरु भएको महोत्सव अभियान देशभर संचालन हुने उनले बताए । यो अवसरमा सोनीको विक्री केन्द्र र भाटभटेनी सुपरमार्केटमा विषेश छुटको सुविधा दिने उनको भनाई छ ।

उनले सोनी टिभी किन्दा २५ प्रतिशत सम्म छुटको व्यवस्था मिलाएको बताए । सोनी टिभी ३२ देखी ६५ इन्च सम्मका बजारमा उपलब्ध छन् । उनले ति टेलिभिजनको मुख्य ५८ हजार देखी ८ लाख सम्मको रहको बताए ।

कमेन्टहरु
Loading...