सोनालिका ट्रयाक्टरको पोखरामा सर्भिस क्याम्प

पोखरा, २२ चैत/गोरखाको हरमटारीमा मंगलबार र बुधबार सोनालिको फ्रि सर्भिस क्याम्प हुने भएको छ । गण्डकी र धौलागिरी अञ्चलका लागि सोनालिका ट्रयाक्टरको आधिकारिक बिक्रेता नयन इन्टरनेसनल प्रालि नयाँबजार पोखराले क्याम्पको आयोजना गर्न लागेको हो ।

सोनालिका ट्रयाक्टरको पोखरामा सर्भिस क्याम्प
सोनालिका ट्रयाक्टरको पोखरामा सर्भिस क्याम्प

क्याम्पको संयोजन हरमटारीमा अवस्थित सब–डिलर होण्डा हाउस प्रालिले गर्नेछ । क्याम्पको अवसरमा सोनालिका ट्रयाक्टरको सम्पूर्ण रुपमा सर्भिसिङ गरिने छ । उक्त अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत र लुब्रिकेन्ट्समा १७ प्रतिशत छुटको व्यवस्था गरिएको नयन इन्टरनेसनलका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए ।

क्याम्पमा डिजेल फिल्टर र मोबिल फिल्टर निःशुल्क उपलब्ध गराइने कुँवरले बताए । ‘सहभागी सबैलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘क्याम्पबाट सकेसम्म धेरै ग्राहकलाई लाभान्वित गराउनेछौं ।’ सोनालिका ट्रयाक्टर गण्डकी तथा धौलागिरी क्षेत्रमा निकै नै लोकप्रिय रहेको र नेपालमा यो ब्रान्डका ट्रयाक्टर सर्बाधिक बिक्री हुने कुँवरले बताए ।

कमेन्टहरु
Loading...