सोचेको अनलाइनबाट सामान विक्रि वितरण गर्न पोखरामा शाखा

पोखरा, ४ असार /काठमाडौबाट अनलाइन मार्फत सामान विक्रि वितरण गर्दै आएकोको सोचेको डटकमले पोखराबाट पनि सेवा सुरु गरेको छ । पोखराको न्युरोडमा रहेको कस्मिक कम्प्युटिङ सोलुसन सगँ मिलेर पोखरामा शाखा विस्तार गरेको हो ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले पोखरा र आसपासको क्षेत्रमा सेवा दिने उद्देश्यले सेवा विस्तार गरेको बताए । उनले पछिल्ला समय अनलाइन मार्फत सेवा लिने नेपाली ग्राहकहरु माझ लोकप्रियता कमाउदै गएको बताए । उनले शाखाहरु भनेको मुख्य रुपमा पसल नभइ एक ग्राहाक सेबा केन्द्रको रहेको बताए ।

जसमा यसको केन्द्रिय कार्यालयबाट पठाएको समानहरुलाई ग्राहाकहरुलाई सजिलो सगं डेलिभरी गर्ने बताए । यहाँ केहि समान राखिएका पनि हुन्छन् तर ति समानहरु पनि त्यहाँबाट सोझै खरिद गर्न नपाइने बताउदै सामानहरु समेत अनलाइन नै खरिद गर्नु पर्ने बताए ।

अनलाइनबाट ल्यापटप, इलोक्टोनीक्स सामान, मोवाइल, लत्ता कपडा, हेल्थका सामाग्री लगाएतका सामान किन्न सकिने कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोतम कुवँरले जानकारी दिए । खरिद गरेको सामानहरु डेलिभरी गरि दिने र धेरै जसो ठाँउमा सामान दिए पछि मात्रै पैसा लिने गरेको उनलेका भनाई थियो ।

के हो अनलाइन सपिङ

आजको यूग सुचना प्रबिधिको यूग हो एक्काइसौं सताब्धि यो समयमा प्रबिधीले धेरै फड्को मारि सकेको कुरा हामीलाई जानकारी नभएको हैन् । हिजोको समयमा सटासाट गरेर समान किनबेच गर्ने गरेको हामीले सुनेका थियौं । त्यसै क्रममा मुद्राको बिकास हुदै, सिक्का, नोट र पेपर लेस करेन्सी अर्थात कार्डहरुको बिकास र चलन सुरु भयो । त्यस्तै बजारको बिकास पनि हाट बजार, पसल, सोरुम, डिपाटमेन्टल स्टोर हुदै अनलाइन सपिङ्ग सम्म आइ पुगेको हामी सबैलाई थाहा नै छ । कतिले यसको प्रयोग गरे होलान् र कसैले सुनेको मात्रै होलान् ।

अनलाइन सपिङ्ग अहिले बिश्व भरिनै बढ्दो छ र कतिपय मुलुकमा त अनलाइन सपिङ्गको बढ्दो प्रभाबले परमपरागत्त व्यवसायहरुनै संकटमा पर्न थालेको भन्ने हामीले सुनेका छौं । सन १९७९ मा माइकल एडरिचले सुरु गरेको भनिएको अनलाइन सपिङ्ग, १९९४ मा पिज्जा हटले र १९९५ मा एमाजोनले सुरु गरे पछि झन गति लिएको मानिन्छ । हाम्रो छिमेकी मुलुक भारत अनलाइन सपिङ्ग प्रयोग र बिकासमा विश्वमै अग्रपंंतिमा छ । हरेक बर्ष करिब २७ प्रतिशतले बढ्ने अनलाइन प्रयोग २०२० सम्म आइ पुग्दा दुई गुणाले बढ्ने अनुमान गरिएको छ । अनलाइन सपिङ्ग प्रयोग गर्नेमा मध्येमा सबै भन्दा बढि ७४ ५ समयको वचत र ६७ ५ भेराइटीको लागी र ५५ ५ चै कम मूल्यको लागी गर्ने गरेको एक सर्बेक्षणले देखाएको छ ।

नेपालमा पनि अनलाइन सपिङ्गको प्रयोग बढ्दै गरेको छ र धेरै अनलाइन सपिङ्ग संचालनमा रहेको छ । बिशेष गरि कम्प्यूटर वा मोवाइलको माध्यम बाट फोटो वा भिडियो हेरेर खरिद गरिने अनलाइन सपिङ्गमा यदा कदा समान र फोटो उस्तै न हुने गरेको पनि छ । तर नियतबस नै त्यसतै गर्ने वा फोटो चै राम्रो राखेर कमसल समान पठाउने गरेको पनि गुनासो सुनिने गरिन्छ । सोही कारण नेपालको परिपेक्षमा झट्टै बिश्वास गरि हाल्ने प्रयोगकर्ताहरु कम रहेको र एक पटक हरेर किन्न पाए हुन्थो भन्ने मानसिक्ता रहेको पाइएको छ । नेपालमा अनलाइन सपिङ्ग भनेको खासाको सामान किने जस्तै वा एक प्रकारको सस्तो समान मात्र किन्ने हो भन्ने बुझाइ पनि धेरैको रहेको छ ।

कमेन्टहरु
Loading...