पौडेलद्वारा पोखरा उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारी घोषणा

पोखरा, १ भदौ

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाविधेशनमा युवा उद्यमी सोभित पौडेलले सदस्यमा उम्मेदवारी दिने घोषणा दिएका छन् ।

पौडेलले बिहीबारबाट भने सार्वजनिक रुपमै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने तयारी गरिरहेको पौडेलले बताए ।

‘संघको गरिमालाई उच्च बनाउन संघको सदस्य बनेर भूमिका निर्वाह गर्नेछु,’ उनले भने, ‘सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु ।’

ओम साखिमी सप्लायर्स, डाफे होटल प्रालि, विन्ध्यबासिटी पार्टी प्यालेसका सञ्चालक पौडेल बिगत १४ वर्षदेखि व्यावसायिक क्षेत्रमा व्यासाय सञ्चानल गर्दै आएका छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् ।

जेसिज, लायन्स लगायतका सामाजिक संघसंंस्थामा आबद्ध पौडेलले आफ्नो अनुभवलाई निजी क्षेत्रको छाता संस्थामा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । संघको महाधिवेशन आगामी असोज ५ र ६ गते हुँदैछ ।

कमेन्टहरु
Loading...