सिद्धार्थ डेभलपमेण्ट बैंकको ३६ औं शाखा जनकपुरमा

जनकपुर, ११ चैत /सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६आंै शाखा धनुषाको भानुचोक, जनकपुरमा स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह र बंैक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमा बंैकका अध्यक्ष भण्डारीले शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए । समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखाको शुभारम्भ सहित बैंकले एटिएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ ।

उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताए ।

उनले बैंक तथा बित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पु¥याउने र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने कुरा बताए । बैंकले सबै शाखा कार्यालय मार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, संचयकोष, स्वेच्छिककोष, उपदानकोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।

कमेन्टहरु
Loading...