सिद्धार्थ डेभलपमेण्ट बैंकको ३७ औं शाखा कास्कीको लेखनाथमा

पोखरा, १४ चैत/काठमाडौमा मुख्य कार्यालय रहेको सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले पोखरा लेखनाथ महानगरपालिकामा ३७ औं शाखा स्थापना गरि सञ्चालनमा ल्याएको छ । महानगरको भण्डारढीकमा आइतबार कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो ।

शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रुपमा गरे । शाखामा बैंकले एटीएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ । कार्यक्रममा बैंकका अध्यक्ष भण्डारीले शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गरिने जानकारी दिए । समारोहमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष त्रिपाठीले बैंकले लेखनाथ शाखालाई प्राथमिकता राखी स्थापना भएकोमा खुसी व्यक्त गरे ।

उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउँदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताए ।

उनले बैंक तथा बित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँ केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने बताए । हालसम्म बैंकले सबै शाखा कार्यालयमार्फत एक लाख ५० हजार भन्दा बढी ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग एससीटी डेबिट कार्ड, संचयकोष, स्वेच्छिक कोष, उपदान कोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।

कमेन्टहरु
Loading...