महायज्ञमा एक करोड ४४ लाख बढि संकलन

पोखरा, २ असोज। पोखरा – ७ मासबारस्थित श्रीकृष्ण माविमा आयोजित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ बुधबार पनि जारी रह्यो। विहीबारदेखि शुरु भएको महायज्ञमा बुधबारसम्म एक करोड ४४ लाख ७१ हजार दुई सय १७ रुपैया संकलन भएको अर्थ संयोजक पिताम्बर बरालले जानकारी दिए। महायज्ञमा बुधबार मात्रै २२ लाख ९६ हजार ६ सय ३१ रुपैया संकलन भएको थियो।

उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आयोजना गरिएको महायज्ञमा बुधबार भत्तजन र दानवीरको अत्याधिक घुइचो बढ्दा व्यवस्थापन गर्न आयोजकलाई नै हम्मेहम्मे परेको थियो। सोचे र आशा गरेभन्दा बढि सहभागिता भएको पायौ महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डण्डराज पौडेलले भने – सवैको सकारात्मक सहयोगका कारण महायज्ञ सफलताउन्मुख भइरहेको छ।school

महायज्ञमा सहभागि भई स्थानीय समुदायले आर्थिक दान गर्ने क्रम बढिरहेकोभन्दै महायज्ञ मुल आयोजक समितिका महासचिव डा उमानाथ बरालले खुशी व्यक्त गरे।महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्। महायज्ञको संचालन बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका छन्।

महायज्ञमा बुधबार पोखरा उमहानगरपालिका कार्यालयले चार लाख, पोखरा – ७ शान्तिनगरका हिरालाल बरालले तीन लाख ५१ हजार एक सय आठ, नुवारथोकका अग्नीलाल बरालले तीन लाख ३३ हजार तीन सय ३३, मासबारका केशब बरालले एक लाख २७ हजार सात सय ७७, गोमादेवी पौडेलले एक लाख ११ हजार नौ सय ९९, नन्दकली बरालले एक लाख ११ हजार एक सय ११, पोखरा – ८ रत्नचोकका टिकानिधि बरालले एक लाख एक हजार एक सय १ र माधवप्रसाद बरालले एक लाख एक हजार एक सय ५५ रुपैया प्रदान गरेको प्रचार संयोजक राममोहन आचार्यले जानकारी दिए।

महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष पुरुषोत्तम रेग्मीका अनुसार महायज्ञ विहीबार समापन गरिदै छ। यसैवीच, पोखरा– ७ स्थित श्रीकृष्ण माविमा संचालित महायज्ञमा बुधबार बरिष्ठ उद्घोषक नेत्रपाणी बास्तोलालाई सम्मान गरिएको छ। महायज्ञ मुल आयोजक समितिले उनलाई सम्मान गरेको हो। काव्यात्मक शैलीमा कार्यक्रम संचालन गरी महायज्ञलाई आकर्षक बनाएको तथा दानवीरलाई पगाल्न सकेको भन्दै उनलाई सम्मान गरिएको बताइएको छ।

महायज्ञका प्रमुख बाचक युवा पण्डित कमलनयन गौतम, महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डण्डराज शर्मा सहितका पदाधिकारीहरुले उनलाई संयुक्त रुपमा सम्मान गरेका थिए। आयोजकले बाँस्तोलालाई सम्मान पत्र, मायाको चिनो प्रदान गर्नुको साथै दोसल्ला र दुबोको माला लगाइदिएका थिए। यसअघि कास्की सहित देशका विभिन्न स्थानहरुमा संचालित महायज्ञहरुमा पनि उनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको थियो।

कमेन्टहरु
Loading...