श्री एयरलायन्सले शुक्रबार देखी काठमाडौं– पोखरा उडान गर्ने, भाडादर सस्तो

पोखरा, २० माघ / शुक्रबार देखी श्री एयरलाइन्सले काठमाडौं— पोखरा नियमीत उठान गर्ने भएको छ ।

केही दिन पहिले परिक्षण उठान गरेको श्री एयरलाइन्सले टर्वोपर्प जहाजबाट दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ ।

विहान ७ बजेर १० मिनेट र ११ बजेलाई पोखरा काठमाडौको उठान भर्ने कम्पनीले जनाएको छ । पोखरा–काठमाडौं सम्मको भाडा दर २६ सय रुपैयाँ कायम गरेको छ भने काठमाडौं— पोखराका लागि भने २ हजार रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ ।

आक्रमक बजार तथा सेवा विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौंको भाडादर कम राखेको हो । अहिले पोखराबाट काठमाडौं जादा ५ हजार २ सय रुपैयाँ सम्म तिर्नु पर्ने हुन्छ ।

८० सिट क्षमताको जहाजले सेवा दिने छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो ।

कमेन्टहरु
Loading...