पोखरामा शिखर सुजको फ्याक्ट्रि आउटलेट

पोखरा, ७ फागुन /नेपाली उत्पादन शिखर सुजले सोमबारदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्टि आउटलेट तथा ग्राण्ड शिखर सुज मेला शुरु गरेको छ । पोखराको उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विच मेलाको उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै अध्यक्ष अधिकारीले शिखर सुज नेपालको आफ्नैं उत्पादन भएकाले पनि नेपालीले यसलाई माया गर्नुपर्ने बताए । विभिन्न उत्पादनहरुले आफ्नों ब्राण्डको बजारीकरणसंगै व्यवसाय प्रवद्र्धनका लागि यस किसिमका मेला सफल देखिएको उनले बताए । अधिकारीले व्यवसायिक एकता र स्वस्थ्य प्रतिस्पर्धा आजको आवश्यकता रहेको औल्याए ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले गत महिनामात्रै पोखरामा शिखर सुज ग्राण्ड सेल मेला आयोजना गरेको जानकारी दिंदै उक्त मेलामा पोखरेलीहरुले देखाएको चासो र उनीहरुकै आग्रह बमोजिम फेरीपनि अर्को मेला आयोजना गरिएको बताए ।

फ्याक्टि आउटलेट मेलामा एक हजार भन्दा बढि डिजाइनका जुत्ता चप्पलहरु रहेको उनले जानकारी दिए । ५० भन्दा बढि मोडलका नयाँ जुत्ताहरु आउटलेटबाट लन्च गरिएको उनले जनाए ।

मेलामा न्यूनतम १५ प्रतिशत देखि अधिकतम असामान्य छुट सम्म दिने बताइएको छ । समारोहमा बोल्दै व्यवसायि शालिकराम घिमिरेले मेलामा जुत्ता संगै सुपथ मुल्यमा लत्ता कपडा पनि उपलब्ध हुने जानकारी दिए ।

कमेन्टहरु
Loading...