शेर्पा ब्रुअरीको ड्राफ्ट बियरको पोखरामा

पोखरा, २९ वैशाख /शेर्पा ब्रुअरीको उत्पादन ड्राफ्ट बियरको पोखरामा औपचारिक शुभारम्भ भएको छ । चितवनमा उत्पादन भएर बजारमा उपलब्ध सो बियरको प्रदेश ४ का सांसद राजिब पहारीले शुभारम्भ गरेका हुन् ।

पहारीले युवाहरुको पहलमा शुरु भएको बियरको उज्जवल भबिष्य रहेको भन्दै सरकारले लियको युबा उद्द्यमशिलताको नीतिमा सबै युबाहरु समाहित हनुपर्ने बताए । युबाहरु अब स्वदेशमा नै क्रियाशील हुनु पर्ने बताए ।

उनले युबाहरु बिदेश पलायन हुनु पर्ने अबस्थाको अब अन्त्य हुने भन्दै पहारीले सम्बृद्ध नेपालको निर्माणमा अब युबाहरु कम्मर कसेर स्वदेशमा नै श्रम शिप खर्चिन तर्फ लाग्नु पर्ने बताए ।

ब्रुयरीका प्रमुख कार्यकारी अधिकृत फुर्बा शेर्पाले बियरको बारेमा जनाकारी दिदै अब स्वदेशी उत्पादनलार्इ प्रसय दिने गरि नीति निर्माण सरकारलाई आग्रह गर्दै आफुहरु देशको निम्ति बिदेशका अनेक सम्भाबनाहरुलाई त्यागेर क्रियाशील भएको बताए ।

शेर्पाले अब देशमा मात्रै हैन बिदेशमा पनि निर्यात गर्ने आफुहरुको योजना अनुसार छिट्टै थाइलेड लगायतका देशमा पुर्याउने तयारीमा रहेको जानकारी दिए । पोखराको लेकसाइड स्थित ओजन क्लबको हलमा आयोजित सो शुभारम्भ कार्यक्रममा शेर्पा ब्रुयारिका सेल्स म्यानेजर छिरिंग शेर्पाले बियरको बिशेसताको बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...