सांग्रिला रिसोर्टमा शुक्रबार देखि वार बि क्यु नाइट हुने

पोखरा, ३० कात्तिक /आन्तरिक पर्यटक लक्षित गरी सांग्रिला रिसोर्टले हरेक शुक्रबार ‘वार बि क्यु नाइट’ गर्ने भएको छ ।
वार बि क्यु नाइटमा विभिन्न देशका खानाका परिकारसहित मनोरञ्जनात्मक क्रियाकलाप गरिने सांग्रिला रिसोर्ट पोखराका आवासीय प्रबन्धक उमेश थापाले बताए ।

सो क्रममा आन्तरिक पर्यटकलाई तारे होटलमा आएर विभिन्न देशका परिकारको स्वाद लिन सहज होस् भन्ने उद्देश्यले हरेक शुक्रबार उक्त कार्यक्रम गर्न लागिएको थापाले बताए । यसैक्रममा मंसिर १ गते शुक्रबार मंगोलियन खानाका परिकार ग्राहकको अर्डरअनुसार तयार पारिने फुड एण्ड म्यानेजर पदम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार खानाका परिकार ग्राहककै आँखा अगाडि तयार पारिनेछ । यस्तै, नेपाली मौलिकता झल्किने सारङ्गी, मादल र बाँसुरीको धून समेत सुनेर आनन्द लिन पाइनेछ । २६ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको तारेहोटल सांग्रिलामा ६१ वटा रुम छन् । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक लक्षित गरी रिसोर्टले विविध कार्यक्रम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...