शिखरले पोखरामा जुत्ताचप्पल सेल मेला गर्ने, सस्तो मूल्यमा दिने

पोखरा, १८ पुस /शिखर सुजले पोखरामा बिहीबारदेखि सेल मेला गर्ने भएको छ । पोखराको ट्रेड नजिकैको स्काइ ब्राण्डको सोरुम परिसरभित्र सेल मेलामा गर्न लागेको हो । सस्तो मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए ।

उनका अनुसार मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ । पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला गर्न लागिएको उनले बताए । शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ ।

अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, पोखरामा यस्तो अबसर फेरि नआउन सक्छ ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राख्दै छ । स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने ।

मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराउने जनाएको छ ।

कमेन्टहरु
Loading...