गाडीको माइलेज बढाउने ५ तरिका

मानिसहरुको सहज जिवनका लागि अहिले सवारी साधन अति नै आवश्कय बस्तु बनेको छ । सवारीको राम्रो उपयोग गरेमा फाइदा सबैलाई हुन्छ । सवारी साधनको कसरी माइलेज बढाउने त ? यी तरिका

१. टायरमा हावाको चाप पर्याप्त नभएमा गाडीको इन्जिनमा पनि बढी चाप पर्छ र गाडीले धेरै इन्धन खान्छ । टायर पुरानो भइसकेपछि भने हावाको चाप छिटो—छिटो कम हुन्छ । त्यसैले टायरमा पर्याप्त हावाको चाप राखेर मात्रै गाडी गुडाउने पर्छ । हावाको कम चापमा गुडेको टायरको लाइफ पनि कम हुन्छ । त्यसैले गाडी मर्मत केन्द्रमा लगेर नियमित टायरको हावाको चाप जाँची माइलेज बढाउनुहोस् ।

२. सफा इन्धन तथा एयर फिल्टरले सवारीको माइलेज वढाउन ठूलो सहयोग पुर्याउछ । एयर फिल्टरमा धुलो तथा फोहोर जमेमा इन्धनसम्म हावा पुग्न सक्दैन । यसले इन्जिनमा अतिरिक्त भार पुर्याएर डिलेजको खपत वढाउँछ । त्यसैले डिलेज फिल्टर पनि नियमित सर्भिसका क्रममा अनिवार्य परिवर्तन गर्नुहोस । यदि अतिरिक्र इन्जिनसँग रिलेटेड मेसिन ठीक हुँदा फिल कन्जुम्सन भएमा एयर फिल्टर र डिजेल फिल्टरमा नै समस्या आएको हुन सक्छ । यसलाई परिवर्तन गर्नुपर्छ ।

३. सफा इन्जिन
आयलले राम्रो माइलेज दिन सहयोग पुर्याउछ । त्यसैले उत्पादकको सल्लाह अनुसार गाडीमा इन्जिन आयल चेन्ज गर्नुपर्छ ।

४. सवारी चलाउने तरिकाले पनि इन्धनको खपतसँग प्रत्यक्ष सम्वन्ध राख्छ । विशेषज्ञका अनुसार गति विस्तारै बढाउने र गति अनुसार गियर परिवर्तन गर्दा माइलेज वढी दिनछ । अचानक गति वढाउदा शक्ति आवश्यक पर्ने भएकाले इन्धन वढी खर्च हुन्छ । सवारीको मागवमोजिम गियर परिवर्तन गर्दा माइलेज राम्रो दिन्छ । उकालो वाटोमा जुन गियर प्रयोग हुन्छ, सोही गियरमा ओरालो झर्नु राम्रो हुन्छ । अत्याधिक मात्रामा गति वढाउदा वा झ्वाट्ट—झ्वाट्ट व्रेक लगाउदा पनि माइलेज कम दिन्छ ।
५. ट्राफिक संकेत या जामका कारण पनि सहरमा गाडिले धेरै इन्धन खपत गरिरहेको हुन्छ । यो अवस्थामा गाडी १ मिनेट भन्दा बढी समय रोक्नुपर्ने भएमा इन्जिन बन्द गर्नु नै राम्रो हुन्छ । यसले पनि इन्धन बचतमा निकै ठूलो सहयोग पुग्छ ।

कमेन्टहरु
Loading...