सस्तो बजारमा द्धन्दपिडित र एकल महिलालाई पचास प्रतिशत छुट

पोखरा, २८ फागुन/ पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजारमा बिभिन्न समयका द्धन्दपिडितहरुको लागि ब्यापारीक सटर खरिदमा र मासिक भाँडामा पचास प्रतिशत छुटको घोषणा गरिएको छ ।

बजारले आफ्नो स्थापनाको अबसर पारेर बजारका ब्यबशायिहरुलाई थप उत्साहित बनाउन र द्धन्द पिडितहरुलाई ब्यबशायमा जोड्ने योजना सहित यस्तो घोषणा गरेको बजारमा सञ्चालक युवराज खतिवडाले जानकारी दिएका छन ।

उनले नेपाल द्धन्दबाट शान्ति प्रकृयामा आएपछि यसका अबशेषहरु अझै बाँकी रहेको शन्र्दभमा दिगो द्धन्द ब्यबस्थापनमा केही सहयोग पुगोस भन्ने हेतुले आफुले यस्तो घोषणा गरेको खतिवडाले बताए । यसका साथै उनले यो महिनाबाट लागु हुने गरी बजारमा अहिले भएको ब्यापारीहरुलाई पनि मासिक भाडादर र धरौटी रकममा पनि छुट गरेका छन ।

भाँडामा १० देखि ३० प्रतिशत सम्म र धरौटीमा पचास प्रतिशत छुट गरिएको उनले जानकारी दिए । सस्तोबजारमा एकल महिलाको लागि पनि पचास प्रतिशत छुट छ । नारा चर्को लगाएर मात्र नभई समाजको समुन्नत बिकासका लागि साना साना कामहरु नै महत्वपुर्ण हुने भएकाले आफुले सानो प्रयास गरेको खतिवडा बताउछन ।

यो संगै बजारमा आजभोली ब्यापारीक चहलपहल बढ्न थालेको उनको दावि छ । पोखराको मुख्य भागमै रहेको सस्तोबजारमा ब्यापारी र ग्राहकलाई छुटको ब्यबस्था गरेपछि मानिसहरुको चहलपहल बढेको त्यहाँका ब्यबशायिहरु बताउछन । सस्तोबजारमा सामान्य घरायसी सामान देखि सुन सम्म बिक्रि बितरण हुदै आएको छ ।

करिव ४ सय भन्दा बढी ब्यापारीक सटर रहेको सस्तोबजारमा तरकारी,खाद्यान्न, कपडा, गेडागुडि, थकाली खाना तथा सस्तोमा दैनिक उपभोग्य बस्तुहरु बिक्रि हुदै आएको बजार ब्यबस्थापक सुर्दशन खनियाले जानकारी दिए ।

बजारमा बिक्रि गर्ने बस्तुहरुलाई अझ सस्तो बनाउन सकीने हिसाबले ब्यापारीहरुलाई आफ्नो नियमित मुल्यलाई कम्तीमा १० प्रतिशत कम गराउनको लागि आफुहरुले भाँडामा पनि छुट दिएको खनियाले जानकारी दिए । सस्तोबजारमा सामान सस्तो मात्र नभई गुणस्तरमा पनि ध्यान दिनको लागि उत्पादक संग सिधा ब्यबशायिहरुको सम्पर्क स्थापित गरिएको बजारमा सञ्चालक युवराज खतिवडाले जानकारी दिए ।

सस्तोे बजारबाट अब देखि काठमान्डौ तथा देशका अन्य भागहरुमा जाने माईक्रोबस समेट सञ्चालन हुने भएकाले ग्राहकले आफुले सस्तो मुल्यमा किनेका सामानहरु बोकेर अन्यत्र लैजान नपर्ने वा ट्याक्सी भाँडा खर्च नहुने पनि खतिवडाले बताए ।

कमेन्टहरु
Loading...