सरल नमुना सहकारीको क्यालेन्डर सार्वजनीक

पोखरा, १९ चैत /पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले नयाँ बर्ष २०७३ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

सरल नमुना सहकारीको क्यालेन्डर सार्वजनीक
सरल नमुना सहकारीको क्यालेन्डर सार्वजनीक

क्यालेन्डर बिमोचन कार्यक्रम बोल्दै जिल्ला सहकारी संघ कास्की का अध्यक्ष रविरमण तिवारी ले सहकारीको विकाश क्रम सगै देशको आर्थिक अवस्था पनि क्रमश सुधार हुदै गएको बताए । स साना पुजीहरुलाई परिचालन गर्दा न्युन आय भएका ब्यक्तिहरुको जिवन स्तर उकास्न सहयोग पुग्ने भएकोले सहकारी सहकारी बिच एकता कायम गर्दै सहकारी को माध्ययम बाट देशको विकाश मा अग्रसर हुन सम्पुर्ण लाई आग्रह गरे ।

संस्थाका सल्लाहकार रेशम सापकोटाले सर्वसाधरण हरुको आर्थिक उत्थान को लागि आगामी दिनमा सहकारी ले सर्बसाधारण को हित मा काम गनुपर्ने बताए । आगामी दिनमा सहकारीले उत्पादन मुलक क्षेत्रमा बढि काम गर्न जोड दिए । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष भरत राज तिवारीले सहकारी मा भएका बिकृतिको अन्य गनुपर्ने बताए ।

उनले सहकारी स्थापना गरि नाफा आर्जन को रुपमा मात्र नहेर्न आग्रह गरे । कार्यक्रममा विशेष साधारण सभाबाट निर्वाचित पदाधिकारी हरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । संस्थाका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा डिल्लीराम बस्ताकोटी,खिमलाल बास्तोला ,राम प्रसाद तिवारी,ओम बोगटी लगाएतले सस्थाको बारेमा आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव मोहन सापकोटा ले गरेका थिए ।हाल सस्थामा १४ जना कर्मचारी रहेको संस्थाका प्रबन्ध निर्देशक डिल्लीराम पौडेल ले जानाकारी दिए ।

कमेन्टहरु
Loading...