पोखराको साङ्ग्रिला भिलेज रिसोर्टको २२ वर्षमा, कर्मचारी सम्मानीत

पोखरा, १५ असोज/ बेलाबेला कौडा, तामाङ सेलो, सालैजो भाका रन्किन्छ । एकछिनपछि तालीको गडगडाहट । माहोल रमाइलै छ । मेडल, प्रमाणपत्र

लिने र दिने । सबको मुहारमा खुसि । माथिको परिदृश्य पोखराको घारिपाटमा रहेको साङ्ग्रिला भिलेज, रिसोर्टको हो । यतिबेला रिसोर्टले आफ्नो २२

औं बार्षिक उत्सव मनाई रहेको छ । नाँचगान, खुसि साटासाट । सधैं काममा व्यस्त कर्मचारी पनि अलि फुर्सदिला देखिन्छन् ।

रिसोर्टले १० देखि २० वर्षसम्म काम गर्ने कर्मचारीको कामको कदर गर्दै सम्मान गर्यो । यस्तै बार्षिक उत्सव सँघारमा हाजिरी जवाफ, फुटबल, म्युजिकल

चियर, बेलुन फुटाउँने लगायतका प्रतियोगीता गर्यो । उत्कृष्ट प्रतियोगी पुरस्कृत पनि भए ।

रिसोर्टका चियर पर्सन श्यामबहादुर पाण्डेले रिसोर्ट यहाँसम्म आउँनुको श्रेय कर्मचारीलाई दिए । ‘यो सब तपाइहरुकै कारण सम्भब छ,’ उनले भने ।

आफूहरु विदेशिको पहिलो रोजाईमा परेको प्रशासन प्रमुख हेमराज चालिसेले दाबी गरे । ‘मौलिक झलक छ यहाँ,’ उनले भने, ‘ठ्याक्कै गाउँकै जस्तो

सेवा वातावरण छ ।’ अहिले १ सय १० कर्मचारी रिसार्टमा कार्यरत छन् । ६१ वटा डिलक्स कोठा रहेको रिसोर्टले १ सय २२ ग्राहकलाई एकैपटक सेवा

दिन सक्छ । त्यति मात्र हैन रिसोर्टले अन्य थुप्रै सामाजिक अभियान पनि सञ्चालन गर्दै आएको छ । आवाशिय प्रशासन प्रमुख गुप्त गिरी भन्छन्, ‘हामीले

व्यक्तिगत फाइदा मात्र हेरेका छैनौ । समाजिक दायित्व पनि बिर्सेका छैनौ ।’ गुणस्तरिय सेवा प्रदान गरेर थुप्रै अन्र्तराष्ट्रिय अर्वाड हात पारेको उनले

जानकारी दिए ।

कमेन्टहरु
Loading...