सांग्रिलामा मजदुर संघ गठन

पोखरा, १५ साउन /सांग्रिला भिलेज रिसोर्ट प्रालिमा नेपाल पर्यटन होटल सम्वद्ध श्रमिक संघ इकाई समिति गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध श्रमिक संघमा लोकप्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् ।

भेलाले उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिवमा चन्द्रबहादुर पौडेल, कोषाध्यक्षमा हरिकृष्ण खिचाजु, सहसचिवमा विरेन्द्र मल्ललाई चयन गरेको छ । बाँकी सदस्य विधान अनुरुप मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लोकप्रसादले जानकारी दिए । चन्द्रबहादुर पौडेलको अध्यक्षतामा बसेको भेलामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिनाले मजदुरका हक र हितकालागि संगठन निर्माण सकारात्मक पक्ष भएको बताएका थिए ।

भेलामा चन्द्रबहादुर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए भने सहभागी सदस्यले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । होटल सांग्रिलामा आधिकारीक ट्रेड युनियनको निर्वाचन हुन सकेको छैन । होटलमा कार्यरत संघका आवद्ध मजदुरले निर्वाचन माग गरिरहेको उपाध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।

मजदुर भेलामा बलबहादुर गुरुङ, टेकबहादुर सुनार, माधव पाण्डे, विक्रम कोइराला, प्रविण श्रेष्ठ,, रामजी नेपाली, रामबहादुर थापा, विक्रम नेपाली, भरतबहादुर खत्री, चक्रबन्धु रेग्मी लगायतले मजदुरका अधिकार स्थापित गर्न संघ प्रतिवद्ध भएर लाग्नेमा जोड दिएका थिए । होटल सांग्रिलामा हाल क्रियाशील मजदुर युनियनले व्यवस्थापनसँग मिलेर मजदुरको हितमा काम नगरेको आरोप लाग्दै आएको छ ।

कमेन्टहरु
Loading...