पोखरामा सहकारी ऐन २०७४ विषयक अन्तरक्रिया

पोखरा, १७ कात्तिक/ कास्की बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी ऐन २०७४ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्लाका बचत संघमा आवद्ध सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत सहकारीकर्मीहरुको उपस्थिति थियो ।कार्यक्रमका बोल्दै सहकारी अभियन्ता तथा अधिवक्ता डिल्लीराम तिवारीेले सहकारी ऐन २०७४ मा समेटिएका विषयका बारेमा प्रष्ट पारेका थिए ।

सहकारीबाट ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको उनले बताए । कसैले पुनः कसुर दोहो¥याएमा दोब्बर जरिवाना गर्न सकिने उनले बताए ।जिल्ला सहकारी संघका अध्यक्ष रविरवण तिवारीले सहकारी अभियान एक सुन्दर अभियान रहेको र सहकारीकर्मीहरु त्यस अभियानलाई सफल बनाउने दौडमा रहेको बताए ।लामो मेहनत पछि सहकारी ऐन २०७४ आएकोमा आफूहरु खसी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक भीम गुरुङले बताए । ऐनमा केही कुरा सुधार गर्नुपर्ने उनले बताए ।

सहकारी ऐन आएसँगै सहकारीकर्मीलाई बाटो खुलेको राष्ट्रिय सहकारी संघका सञ्चालन प्रभा कोइरालाले बताइन् ।कास्की बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायण आचार्यले राखेका थिए भने सञ्चालन दीपक आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...