सफल राष्ट्रिय औद्योगिक व्यापारमेलामा एकैदिन २५ हजार दर्शक, ४ करोडको कारोवार 

पोखरा, १ माघ / पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४, पोखरा’मा एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार सोमबार माघे सक्रान्तिका दिन मेलामा अवलोकनकर्ता र कारोवार दुबै बढेको हो ।
‘मेलामा करिक ४ करोडजतिको कारोवार भएको अनुमान गरिएको छ’ अध्यक्ष पािलखेले भन्नुभयो,‘मेलामा घरायसी सामानको किनमेल गर्ने गृहिणीहरुको विशेष आकर्षण रहेको छ ।’   संघका महासचिव दामु अधिकारीका अनुसार मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको छ । उहाँका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ ।
मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले  मेलाको आयोजना गरिएको हो ।
लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन  भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका महासचिव अधिकारीले बताउनुभयो । यता मेलाको साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिका अनुसार साँझ  शशी रावल, सहिमा श्रेष्ठ, दीपक शर्मा र आनन्द कार्कीले सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
यसैगरी लोकदोहोरी गायकहरु मिलन लामा,चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकरविरही गुरुङ,सीता केसी,अमर धिताल, चिना थापा मगर, सुरेश गुरुङलगायतका कलाकारहरुको प्रस्तुतिले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको उहाँले बताउनुभयो । मंगलबार म्याक्स, एल्बिन थापा, आनन्द बज्राचार्यको साथमा डिजे सेसन पनि समामेश गरिएको छ । लोकदोहोरी गायकहरु रमेशराज भट्टराई,चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, तारानाथ आचार्य, तुलसा जिसी,सजना बास्तोला, अनिल ढकाललगायतका कलाकारहरुले पनि मंगलबार दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।
मेलामा टर्कीका चल्लादेखि कुकुरको खानासम्म 
मेलामा चितवनको तात्रिबास पशु विकास फार्म तथा  कृषि अनुसन्धान केन्द्रले राखेको टर्की चराको स्टल विशेष आकर्षण रहेको छ । तात्रिबासले मेलामा राखेको स्टलबाट टर्की चराको स्टल बिक्री गरिरहेको छ । पछिल्लो समयमा टर्की पालन तथा मासुको कारोवारप्रति आम किसान तथा उपभोक्ताहरुको चासो बढेको छ ।
‘हामीले एकजोडी टर्की चरालाई १२ सय रुपैयाँमा बिक्री गरेका छौँ’, फार्मका जीवन सापकोटाले भने,‘यसको मासु बजारमा ९ सयदेखि हजार रुपैयाँ प्रतिकिलोग्राम बिक्री हुँदै आएको छ ।’ यसैगरी मेलामा रहेको बाराही केनलको कुकुरको खाना तथा कुकुरसँग सम्बन्धित सामाग्रीहरुलाई पनि कुकुरप्रेमीहरुले मन पराएका छन् ।
घरपालुवा कुकुरको लागि चाहिने साङ्लो, खानेकुरासहित स्टलमा कुकुरहरु पनि बिक्रीमा राखिएको छ । मेलामा रहेका भाँडाकुडाँ तथा पाकिस्तानी छालाको सामानहरु पनि उपभोक्ताको रोजाइमा परेको संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो । पुस २७ गतेदेखि सुरु भएको मेला माघ ८ गतेसम्म जारी रहनेछ ।
कमेन्टहरु
Loading...