सडक महोत्सवको प्रचार टोली पाल्पा र लुम्बिनीमा निम्तो बाँड्दै

मंसिर २५ गते/पोखरामा संचालन हुने विभिन्न मेला महोत्सवमध्यको अर्को महोत्सव सडक महोत्सवको १५ औ संस्करण नजिकिदै गर्दा आयोजक रेवान पोखरा यसको प्रचारप्रसारका लागि पोखरा बाहिर लागेको छ । यस्तोमा रेवान पोखराले मंगलबार पाल्पा र भैरहवामा पत्रकार सम्मेलन तथा त्यहाँका फरक फरक क्षेत्रका व्यक्तित्वहरुसंग अन्तक्रियात्मक छलफल गरेको छ ।reban photoपाल्पा उद्योग वाणिज्य संघको समन्वयमा पाल्पा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले यो महोत्सव १५ औं संस्करण सम्म आइपुग्दा पोखरेलीको भात्र नभई समग्र नेपालीको भै सकेको बताए । ‘पूर्व मेची देखि पश्चिम महाकालि, हिमाल, पहाड, तराई सवै क्षेत्रलाई महोत्सवमा समेटिने छ’–उनले भने, त्यसैले पनि यो महोत्सव सारा नेपालीको हो ।
कार्यक्रममा बोल्दै महोत्सव संयोजक बलराम पहारीले आगामी पौष १३ देखि १७ गते सम्म लेकसाइडको झण्डै ४ किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवका आकर्षणबारे प्रकास पारे । ‘सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाउँ’ भन्ने मुल नारासहित आयोजना हुने महोत्सवपनि नारा जस्तै उल्लेख गरे । महोत्सवको झण्डै ७० प्रतिशत काम पुरा भैसकेकाले यसको बारेमा थप प्रचार गर्न आफुहरु पोखरा बाहिर आएको जानकारी दिंदै महोत्सवमा सहभागिताका लागि उनले सवैलाई आग्रह गरे । महोत्सव अवधिमा होटल तथा रेष्टुरेण्टको नियमित मेनुमा १५ देखि २० प्रतिशत सम्म छुट दिइने पनि उनले जानकारी दिए ।
महोत्सवकै मौका छोपी होटलवालाहरुले बढि रकम लिने गरेको तथा आन्तरिक पर्यटकलाई वास्ता नगर्ने गुनासो सुनिन्छ भन्ने संचारकर्मिको जवाफ दिंदै पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले तर पोखराका होटलमा यस्तो नहुने प्रतिवद्धता जाहेर गरे । ‘होटल संघले आन्तरिक पर्यटकलाई जोड दिंदै जाउँ है पोखरा जस्ता कार्यक्रम चलाएको छ ’ उनले भने । महोत्सवको समयमा पर्यटकको चाप बढि हुने भएकाले पहिल्यै होटल बुक गर्न पनि उनले आग्रह गरे ।
पाल्पामा उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष राजु महर्जनको अध्यक्षतामा तथा भैरहवामा उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिबबहादुर कोइरालाले पोखरामा संचालन हुने विभिन्न मेला महोत्सव तथा संघका गतिविद्यीबारे प्रकास पारेका थिए । १२ सदस्यि भ्रमणटोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, रेवान पोखराका सल्लाहकार श्रीलाल सुवेदी,टान क्षेत्रिय संघ पोखराका अध्यक्ष नारायण प्रसाद सापकोटा, १५ औं सडक महोत्सवका सह–संयोजक विष्णु बानियाँ र भिमसेन भुजेल तथा संचारकर्मिको सहभागिता रहेको छ । टोलिले बुधबार चितवनमा पत्रकार सम्मेलन तथा त्यहाँका पर्यटन व्यवसायिसंग अन्र्तक्रिया गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...