पोखरामा रनर बाइक तथा स्कुटर विक्रि शुरु (मुल्य कति)

पोखरा, २० फागुन/बंगलादेशको उत्पादन रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पोखरामा बिक्री सुरु भएको छ । पोखराको पस्र्याङमा रहेको शोरुमको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे ।

स्टार जोन कम्पनी प्रालिले पोखरा क्षेत्रमा रनरको बिक्री सुरुवात गरेको हो । रनर बाइकको नेपालको आधिकारिक बिक्रेता रमन मोटर्स प्रालि हो । १ लाख ५२ हजार रुपैयाँदेखि ४ लाख ४५ हजार रुपैयाँसम्मका रनर बाइक तथा स्कुटर नेपाली बजारमा बिक्री भइरहेको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले जानकारी दिए । १४ वडा मोटलका रनर बाइक तथा स्कुटर नेपाली बजारमा उपलब्ध रहेको उनले बताए ।

पोखरामा रनर बाइक तथा स्कुटरको राम्रो बिक्री हुनेमा आफूहरु विश्वस्त रहेको स्टार जोनका प्रवन्ध निर्देशक विशाल बास्तोलाले बताए । ‘८० सिसीदेखि २५० सिसी क्षमताका बाइक तथा स्कुटर रनरका छन्,’ उनले भने, ‘६ वर्षका लागि इन्जिनको वारेन्टी छ ।’ आफ्नै पार्टस तथा सर्भिस सेन्टरहरु रहेकाले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको कम्पनीले दावी छ ।

रनर बाइक तथा स्कुटरको मुल्य
रनर बाइक तथा स्कुटरको मुल्य

‘१२ पटकसम्म निःशुल्क सर्भिसिङको सुविधा छ,’ उनले भने । शोरुममा तीनजना युवाहरुको लगानी छ । बास्तोला सहित सुरज गिरी र ईन्द्र गिरीले लगानी गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...