पोखराको प्रस्याङ्गमा रोड स्मार्ट ड्राईभिङ्ग स्कुल

असोज १ , पोखरा / पोखरा महानगर पालिका वडा नं ५ प्रस्याङ्गमा रोड स्मार्ट ड्राईभिङ्ग स्कुल प्रालि सोमबार देखी

संचालनमा आएको छ । करिब ८० लाख रुपैयाको लगानीमा दुइवटा कोट तयार पारिएको ड्राभिङ्ग स्कुलका

संचालक मध्ये प्रकाश थापाले जानकारी दिए । जसमध्ये एउटा कोट मोटर साइकल र स्कुटर सिक्नेहरुको लागि

हो भने अर्को कोट जिप, कार, भेन र टेक्सी चलाउने बताए ।

पोखरामा सबारी साधनहरु बिलासिता भन्दा पनि आवश्यकता बढी भएकोले दक्ष सबारी चालक बनाउन स्कुल

संचालनमा ल्याएको उनले बताए । बागलुङ हाइवेको प्रस्याङ्गचोक देखि करिब १ मिटर भित्र रहेको छ । पहिले

आउनेलाई ड्राईभिङ्ग स्कुलमा सिक्न आउने एक हजार सम्म छुट दिने उनको भनाई छ ।

अर्की संचालक संगीता पौडेलले युवतीका लागि पनि सबारी साधन विलासिता भन्दा पनि आवस्यकता भएका

कारण स्कुल संचालन गरेको बताइन् । त्यसकारण पनि हामिहरुले आफ्नो बिहान बेलुकाको फुर्सदमा दक्ष

चालकहरुबाट सबारी चलाउन सिक्दा समयको पनि सदुपयोग हुने र आफ्नो सबारी आँफै चलाउन सकिन्ने उनको

भनाई छ । बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सिकाउने उनले बताइन् ।

कमेन्टहरु
Loading...