रेवानद्वारा एसपी पालको विदाई

पोखरा, ५ फागुन /सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पाललाई रेवान पोखराले एक समारोहका विच विदाई गरेको छ । कार्यक्रममा सहभागि रेवान पोखराका पदाधिकारीहरुले उपरिक्षक पाललाई खादा, माला लगाई मायाको चिनो प्रदान गरे ।

रेवानद्वारा एसपी पालको विदाई
रेवानद्वारा एसपी पालको विदाई

कार्यक्रममा रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पालको पोखरा बसाईका क्रममा पर्यटन क्षेत्रले शान्तिको महशुस गर्न पाएको बताए । ‘सरुवा नियमित प्रकृया हो, यहाँको काठमाण्डौ बसाई पनि सफल रहोस्’– भट्टराईले भने । रेवान पोखराको मेघा इभेण्ट पोखरा सडक महोत्सवका क्रममा प्रहरीसंगको उत्कृष्ट समन्वयका कारण कुन अप्रिय घटना नघटेनको उनले जनाए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, निवर्तमान अध्यक्ष बलराम पहारी,उपाध्यक्ष भिमसेन भुजेल, सचिव विष्णु बानियाँ, १७ औं सडक महोत्सवका संयोजक दोर्जे लामा, सदस्य बसन्त गौतम, नरेश भट्टराई लगाएतले एसपी पाललाई शुभकामना व्यक्त गरेका थिए ।

गत माघ २८ गते पोखरा आएका पाल महानगरिय दंगा नियन्त्रण प्रहरी गण, काठमाण्डौ जाँदैछन् । जाँदाजाँदै एसपी पालले पोखरा बसाईका क्रममा पोखरेलीहरुबाट राम्रो सहयोग र सहकार्य मिलेको भन्दै आँफु जहाँ भएपनि पोखराको सहयोगका लागि हमेशा तत्पर रहने प्रतिवद्धजा जनाए । रेवान पोखराका महासचिव लक्ष्मण बरालले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...