रेवानको आयोजनामा पोखरामा होली महोत्सव

पोखरा, ३ चैत /रेवान पोखराको आयोजनामा पोखरामा होली पर्व मनाउने भएको छ । होली पर्व मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्व पनि हो । फाल्गुन पुर्णिमाको दिन होली पर्व मनाइन्छ ।

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १३ वर्ष देखी पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि चैत्र ६ गते होली पुर्णिमाको अवसरमा होली महोत्सव आयोजना गरेको आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउँनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले अम्मट देखी खहरेचोक लेकसाइड सम्म विहान ११ वजे वाट मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाउन गैरहेका छौं ।

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने गरी तयारी गरिरहेको रेवानले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...