राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्ज हुन्छ ः उपप्रधानमन्त्री महरा

काठमाण्डौ, १० माघ /उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एन.आइ.डि.सी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अवको मन्त्रीपरिषद बैठकले गर्ने बताए ।

“मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।” सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाई संवोधन गर्दै उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी बताए ।

उपप्रधानमन्त्री महराले सरकारको पुर्ण स्वामित्वको बैंक भएको नाताले आधारभुत तहका जनता, ग्रामिण र उत्पादनमुलक क्षेत्रमा बैंकिङ् सेवा पु¥याउने सरकारको दायित्व पुरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्ने बताए ।

कमेन्टहरु
Loading...