राईनासमा दुई दिने होमस्टे ब्यबस्थापन तालिम

लमजुङ, २० असार /समुन्दी सतह देखि १८ सय मिटर उचाईमा रहेको मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटमा रहेको राईनास होमस्टेमा दुई दिने होमस्टे ब्यबस्थापन तालिम हुने भएको छ । गाउँ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड, पोखराको सहकार्यमा आयोजना गरिएको तालिममा होमस्टे सञ्चालकहरुको सहभागिता हुने गाऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

१४ वटा घर रहेको राईनासकोटमा एक सस्थाले सबिधासम्पन्न होमस्टे सञ्चालनका लागि आबस्यक पर्ने घरहरु र्निमाण गरिदिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमस्टेमा आबस्यक पर्ने मौलिकता, सस्कार,सस्कृति जस्ता बिषयमा तालिम दिईने आयोजकले जानकारी दिएको छ ।

तालिमको स्थानिय ब्यबस्थापन राईनासकोट होमस्टे ब्यबस्थापन समिति, राईनास पर्यटन बिकास समिति र राईनास नगरपालिकाले गर्नेछन । राईनासकोट दृष्यबलोकनको लागि प्रदेश ४ कै उत्कृष्ट गन्तब्य भएकोले उक्त क्षेत्रको बिकासको लागि सबैखाले संरचना र्निमाण गरी संबृद्ध प्रदेश बनाउने सरकारको योजना सफल बनाउन सहयोग पुर्याउने तालिमको समन्वय गरेका पत्रकार माधब पनेरुले जानकारी दिए ।

तालिमको प्रदेश ४ का उद्योग,बन,पर्यटन तथा बाताबरण मन्त्री बिकास लम्सालले उदघाटन गर्नेछन । राईनासको दिगो बिकासका लागि आफुहरु जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...