पर्यटनमन्त्री अधिकारीको निर्णयः नेपाल भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक

काठमाडौं, २ चैत /संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार सपथ लिएपछि पदभार ग्रहण गर्दै उनले सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने गरी भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी एक महिनाभित्र टुंग्याउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।

मन्त्री अधिकारीले भारत र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

कमेन्टहरु
Loading...