‘क्विन्स’मा बुटिक तथा मेकअप तालिम हुने

पोखरा,१३ जेठ /पोखराको क्विन्स कलेक्शन बुटिकले ‘बुटिक तथा ब्यूटिपार्लर’ सम्बन्धि तालिम संचालन गर्ने भएको छ । कम्पनीले जेठको २५ गतेदेखि कक्षा संचालन गर्ने गरि आवेदन खुलाएको हो । फेशन,पहिरन र सौन्दर्यसम्बन्धि प्रशिक्षणका लागि कम्पनीले सिमित सिट खाली भएको जनाएको छ ।

‘बेरोजगार युवाहरुलाई स्वरोजगारीतर्फ उन्मुख गराउनका लागि यो तालिमको अवधारणालाई हामीले अगाडि सारेका हौँ । र, सौन्दर्य तथा फेशनको विस्तारित बजार र यसप्रति युवाहरुमा देखिएको आकर्षणले हाम्रो अवधारणाले मुर्त रुप लिन्छ भन्ने हामीले विश्वास गरेका छौँ ।’ कम्पनीका संचालक ममता पौडेलले भनिन् ।

प्रशिक्षार्थीहरुका लागि बेसिक,डिप्लोमा र एड्भान्स गरि तीन चरणको तालिम दिईने पौडेलले जानकारी दिईन् । तालिममा सहभागीहरुका लागि पौडेलसँगै फेशन डिजाइनर कल्पना लावती (लिम्बु)ले प्रशिक्षण दिनेछन् ।

‘हामीले कटिङ, सिलाई, बुनाई, ड्रइङ, इमब्रोइडरी, डिजाइनिङ लगाएतका कोर्षहरुको बारेमा सिकाईनेछ । र, उनीहरु पर्फेक्ट नभएसम्म सिक्न पाउनेछन् ।’ प्रशिक्षक लावतीले भनिन्–‘र, यसरी सिकेका प्रशिक्षार्थीहरुको माग बजारमा अत्याधिक भएकोले यो सिकाई निकै लाभदायक रहने कुरामा कुनै दुईमत छैन ।’

त्यस्तै इन्स्टिच्यूटले समूहमा आउनेलाई विशेष छुटको व्यवस्था पनि गरेको छ । विहान, दिउँसो र साँझ गरि तीन सेसनमा हुने कक्षाहरुमा आर्थिक स्थिती कमजोर भएको एक जनालाई निशुल्क छात्रवृत्ति दिने व्यवस्था पनि मिलाईएको इन्स्टिच्यूटले जनाएको छ ।

कमेन्टहरु
Loading...