पोखरामा पोर्क महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा ०२ चैत्र/बंगुर ब्यवसायी संघ कास्कीले पोखरामा आयोजना गर्न लागेको दोश्रो राष्ट्रिय पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना गर्न लागिएको पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

पोखरामा पोर्क महोत्सवको तयारी अन्तिम चरणमा
पोखरामा पोर्क महोत्सवको तयारी अन्तिम चरणमा

मंगलबार बुद्धचोकमा रहेको नमस्ते कोरियन रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापा मगरले बंगुर ब्यवशाय गर्ने किसान र बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धनका लागी आयोजना गर्न लागिएको पोर्क फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको वताएका हुन ।

आगामी चैत्र ५ देखि ७ गते सम्म पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ पोखरा रंगशालामा सञ्चालन हुने महोत्सवमा बंगुर ब्यवशायलाई प्रवद्र्धन गर्ने खालका ५० वटा स्टल रहने छन । स्टलमा विशेष गरी बंगुरको मासुबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ १० वटा रेष्टुरेन्टहरु रहने महोत्सव संयोजक तथा बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले वताए ।

बंगुर ब्यवशाय र बंगुरको मासुलाई आम जनमानसमा हेर्ने दृष्टीकोण अझैपनि नकारात्मक रहेको र नेपालका रेष्टुरेन्टहरुमा बंगुरको मासुका परिकारलाई समेटन नसकिरहेको अवस्थामा महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने थापाको भनाइ रहेको थियो । पोर्क महोत्सवमा पशु चिकित्सक ( मासु निरीक्षणको प्रमाणपत्र प्राप्त ) डाक्टरद्धारा प्रमाणित गरिएको बंगुरको मासुको बिक्री बितरणका साथै बगुरका परिकारमा समेत प्रमाणित गरिएको मासुको प्रयोग गरिने समेत थापाले वताए । बंगुरका मासुका पारखीहरुलाई पशु चिकित्सक ( मासु निरीक्षणको प्रमाणपत्र प्राप्त ) डाक्टरद्धारा प्रमाणित गरिएको स्वस्थ मासुको प्रयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागी महोत्सवमा पशु चिकित्सकद्धारा प्रमाणित गरिएको बंगुरको मासुबाट बन्ने परिकारलाई मात्र स्थान दिएको उनको भनाइ रहेको थियो ।

महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

कमेन्टहरु
Loading...