पल्पी र ह्याप्पी ब्राण्डका उत्पादन पोखरामा विक्रि सुरु

पोखरा, २३ जेठ /पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसीले विदेशी सामान प्रयोग गरेर देशको पैसालाई अरु देशमा पठाउनु भन्दा स्वदेशकै सामानलाई प्रयोग गरि स्वदेशमा नै स्थिर राख्न र स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन् । चितवनको युनाइटेड वेभरेज प्रालिको पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश ४ मा बजार प्रबर्द्धन शुभारम्भ कार्यक्रममा यस्तो बताए ।

मेयर जिसीले युनाइटेड वेभरेज प्रालिका उत्पादन पल्पी र ह्याप्पी ब्राण्डमा क्वालिटी भयो भने पोख्रेली जनताले १र२ रुपैयाँ बढी पैसा तिर्न कन्जुस्याइँ नगर्ने समेत बताए । आफुहरुको पल्पी र ह्याप्पी ब्राण्ड शुद्ध फलफुलहरुको स्वाद र स्वस्थकर रहेको कम्पनीले दावी गरेको छ । विदेशमा बसेर सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोहि प्रविधिलाई विश्व बजारसम्म लैजाने योजना बनाएको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा कम्पनी संचालक सोम सापकोटाले बताए । दुई वटा स्वादबाट सुरु गरेको उत्पादनलाई विभिन्न स्वाद थप गरेको प्रालिका अध्यक्ष भेषराज दवाडीले जानकारी दिए ।

उक्त कम्पनीमा नेपालका उद्योगी, गैरआवासीय नेपाली तथा विदेशबाट फर्केर नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको युवाहरुको समूह ‘युथ भिजन इन्भेष्टमेन्ट कम्पनी को समेत लगानी रहेको छ । चितवनको रत्ननगर नगरपालिका १० मा विस २०७१ साल चैत २१ गते बिधिवत रुपमा स्थापना भएको युनाइटेड वेभरेज प्रालिले विगत ५ वर्ष देखि पल्पी ब्राण्डको जुस बजारमा ल्याउदै गरेको छ ।

प्रत्यक्ष र अप्रत्यक्ष गरि २ सय जना बढीले रोजगारी पाएको उक्त कम्पनीले नेपालका विभिन्न ठाँउमा गएर बजार प्रवर्द्धन गर्ने छ ।अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको उक्त जुस विदेशमा समेत निर्यात गर्न सकिने छ । स्वदेशी उत्पादनको सम्भावना धेरै भएसगै चुनौती पनि धेरै रहेको र देशलाई आत्मनिर्भर बनाउन सरकारले विशेष खालको नितिसगै बाहिरी मुलुकबाट आयात गरिने कच्चापदार्थको भन्सार दर न्यून गर्न समेत प्रा।लिका अध्यक्ष भेषराज दवाडीले आग्रह गरे ।

पल्पी जुस उत्पादनका लागि आवश्यक पर्ने पल्प प्रोसेसिङ प्लान्टलाई स्वदेशमा नै उत्पादन गर्न सरकारले नतिजामुखी भुमिका खेल्नु जरुरी देखिन्छ ।

कमेन्टहरु
Loading...