प्रिति चाउचाउ द्धारा कास्कीका उत्कृष्ट विक्रेतालाई उपहार प्रदान

पोखरा २६ वैशाख/ एसियन थाई फुड्स प्रालिले कास्कीका उत्कष्ट विक्रेतालाई उपहार प्रदान गरेको छ । निश्चित समय भित्र तोकिएको प्रिति चाउचाउ विक्री गर्न सफल विक्रेतालाई बिभिन्न उपहार प्रदान गरिएको हो ।

प्रिति चाउचाउ द्धारा कास्कीका उत्कृष्ट विक्रेतालाई उपहार प्रदान
प्रिति चाउचाउ द्धारा कास्कीका उत्कृष्ट विक्रेतालाई उपहार प्रदान

पोखरामा शनिवार आयोजित कार्यक्रमका विच प्रालिले कास्कीका ८५ विक्रेतालाई पुरस्कार प्रदान गरेको हो । गत माघ १ देखि चैत्र ३० सम्म तोकिएको १५ सय कार्टुन भन्दा बढी चाउचाउ बिक्री गर्न सफल भएकालाई साइकल, राइसकुकर, माईक्रोओभन, ब्लाङकेट, मिक्चर लगायतका उपहार प्रदान गरिएको हो ।

कास्की जिल्लाभर एसियन थाई फुड्सका सबैभन्दा बढी सामान बिक्री गर्न सफल बानियाँ स्टोर्स लामाचौरलाई उत्कृष्ट अर्वाड सहित उपहार प्रदान गरियो । स्टोर्सका तुल बहादुर बानियाँले उत्कृष्ट अर्वाडको पुरस्कार स्वरुप एक थान ब्लाङकेट सहित साईकल उपहार प्राप्त गरे ।

त्यस्तै सबैभन्दा बढी चाउचाउ विक्री गर्ने १७ जनालाई साईकल, ४४ जनालाई ब्लाङकेट, ११ जनालाई माईक्रो ओभन, ४ जनालाई फ्यान, ४ जनालाई मिक्चर र ४ जनालाई राईसकुकर प्रदान गरियो । नेपाल राष्ट्र बैंक पोखराका प्रमुख चिरञ्जिवी चापागाई र कम्पनीका जनरल म्यानेजर हरि प्रसाद श्रेष्ठले उत्कष्ट विक्रेताहरुलाई उपहार हस्तान्तरण गरे ।

एरिया सेल्स मेनेजर लक्ष्मण न्यौपानेका अनुसार कास्कीमा एसियन थाई फुड्सको ५ वटा मुख्य डिलर छन् भने ८५ वटा होलसेल विक्रेता छन् । २०५७ सालबाट उत्पादन सुरु गरेको एसियन थाई फुड्सले अहिले भिविन्न फ्लेभरमा प्रिती, रमपम, फटाफट, मितेरी चाउचाउ बजारमा ल्याइरहेको छ । कम्पनीले पछिल्लो समय बजारमा रमपम गुद्रुक फ्लेभरको चाउचाउ ल्याएको छ । न्यौपानेका अनुसार कास्कीमा एसियन थाई फुड्सको झण्डै ४० हजार कार्टुन चाउचाउ मासिक खपत हुदै आएको छ ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले उपभोक्तामुखी उत्पादनमा ध्यान दिन कम्पनीलाई सुझाव दिए । केहि ब्यवसायीको गल्तीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले त्यसतर्फ समेत सोच्न उनले विक्रेताहरुलाई पनि आग्रह गरे । स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले एसियन थाई फुड्सको उत्पादन गुणस्तरिय रहेको बताए ।

कमेन्टहरु
Loading...