अंग्रेजी नयाँ वर्षमा सुजुकीको अफर

पोखरा, ३० पुस/सुजुकीको चार पाङ्ग्रे सवारी साधनको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता वतास व्रदर्स प्रालिले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले ४ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस र १ लाख रुपैयाँ सम्म अतिरिक्त स्क्रयाच कुपन प्राप्त गर्ने विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए । यसका साथै सडक दस्तुर र रजिष्टे«शन समेत निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

‘ नयाँ वर्षमा कम्पनीले ल्याएको अफरवाट विक्री वढ्ने अपेक्षा छ ।’ढकालले भने‘ गण्डकी धौलागिरीमा सुजुकी व्राण्ड अधिकांशको रोजाईमा छ । विभिन्न अफरहरु मार्फत ग्राहकलाई सुविधा दिँदै व्यवसाय विस्तार गछौँ।’

अफर २०१६, २०१७ तथा २०१८ का मोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको वताईएको छ । सुजुकी ब्राण्डका लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको रहेका छन् ।

कमेन्टहरु
Loading...