कपडा व्यवसायी एशोसियसन कास्कीको अध्यक्षमा तिमिल्सिना

पोखरा, २९ पुस/कपडा व्यवसायी एशोसियसन कास्कीको अध्यक्षमा विष्णु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । शनिबारसम्पन्न एशोसियसनको १९ औँ साधारणसभा तथा १० औँ अधिवेसनले तिमिसिल्नाको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

एशोसियसनको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा लेखनाथ पौडेल, महासचिवमा धर्ममानसिंह भण्डारी, सचिवमा रामचन्द्र तिमील्सीना र कोषाध्यक्षमा पोषराज पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा पुर्ण बहादुर थापा, रजनी चाँपागाई, सुदर्शन बाटाजु, विरेन्द्र बहादुर कुवंर र बाबुलाल अग्रवाल चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्धघाटन गर्दै गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले करको दर भन्दा पनि दायरा बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नीजि क्षेत्रलाई अगाडी नबढाए सम्म समृद्धि सम्भव नभएको बताएका उनले अधिकार प्राप्तीको शक्ति संचयका लागी व्यवसायीक एकतामा जोड दिएका छन् ।

एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बाँस्तोलाले व्यवसायीहरुले आफ्ना अनुत्तरित कयौन पश्नहरुको जवाफको प्रतिक्षा गरिरहेको बताए । व्यवसायीका समस्या सम्बोधनका लागी सम्बन्धित निकायको जवाफदेहिता आवाश्यक रहेकामा उनले जोड दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले व्यवसायीहरुले झेलिरहेको घरवाहल कर सम्बन्धि समस्या समाधानको संघारमा पुगेको बताए । यसको निराकरणको लागी पोखरा महानगरपालिकाले घरभाडा ऐन ल्याउने अन्तिम तयारी गरिरहेको उनले जनाए ।

पोखरा उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले व्यवसायीक मर्यादाको परिपालनामा व्यवसायीहरुलाई इमान्दार बन्न सुझाए । स्मार्ट सिटिका नाममा पार्किङ अस्तव्यस्त हुदाँ व्यवसायीहरुले समस्या झेल्नु परेको कोईरालाले बताए ।

पोखरा उद्योग वाणीज्य संघका सदस्य समेत रहेका फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष केशव बहादुर खत्रीले बैङ्किङ क्षेत्रका कर्जाहरु नविकरणमा समस्या रहेको उल्लेख गर्दै त्यसको निराकरणका सम्बन्धमा उपयुक्त पहलकदमी आवाश्यक रहेको बताए ।

एशोसियसनका अध्यक्ष नविन नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने र संचालन महासचिव गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...