पोखरामा ११ करोड लगानीमा वाटर पार्क संचालनमा (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २९ चैत/हुन पोखरामा तालहरु धेरै नै छन् । तर गर्मि लाग्यो भने पौडी खेल्ने ठाउँ छैन । त्यसैलाई ध्यान दिएर पोखरामा आन्तरिक तथा वाह्यि पर्यटकलाई लक्ष्यत गर्दै वाटर पार्क संचालनको तयारीमा छ । पौडी र पानीमा रमाउनेका लागि वाटर पार्क बिग स्प्पाश पोखरा १४ कुडँहरमा फाटँमा बैशाख १ गते देखि संचालनमा आउने भएको हो ।

३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो स्लाइडिङ गरी पुलमा उत्रीदै पानीको मज्जा लिन सकिने प्रालिका प्रबन्ध निर्देशक अमित राज मुल्मीले बताए । त्यसै गरि ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिटलामो छुट्टा छुट्टै स्टे«ट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरि वाटर पार्क निर्माण गरिएको बताए ।

पोखरामा ११ करोड लगानीमा वाटर पार्क संचालनमा
पोखरामा ११ करोड लगानीमा वाटर पार्क संचालनमा

पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएको उनले बताए । शुभारम्भको अवसरमा २ फिट ६ इन्च भन्दा साना बालबालीकालाई प्रवेश निःशुल्क गरेको पार्क व्यवस्थापनले उचाईको आधारमा प्रदेश शुल्क ४ सय ३५, ४ सय ९५ रुपैयाँ निर्धारण गरेको छ ।

आर्य दि रिसोर्ट एण्ड फन प्रालिले ११ करोड लागत निर्माण गरेको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको वाटर पार्क करिब १७ महिनामा निर्माण सम्पन्न गर्न लागेको मुल्मीले बताए । परिवार, बालबच्चा सहित रमाउन सकिने आर्य दि रिसोर्ट फन प्रालिका अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले वाटर पार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तब्य हुने बताए । वाटर पार्कमा आवश्यक पानी प्रालिले बोरिङ्ग गरि निकालेको छ । पानीलाई उच्च प्रविधिमा प्रशोधन गरि प्रयोगमा ल्याएको प्रालीका अध्यक्ष मुल्मीले बताए । वाटर पार्कका बिभिन्न खानाका परिकार सहित रेष्टुरेण्ट समेत संचालनमा छ ।

कमेन्टहरु
Loading...