दशैंको अवसरमा पोखरा ट्रेड मलमा हात खाली नजाने अफर

पोखरा, ३ असोज / पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेड मलले ग्राहकका लागि दशैं

तिहार विशेष उत्सव योजना ल्याएको छ । यस पटकको उपहार योजनामा १० लाख बराबरको उपहारको व्यवस्था

गरिएको आयोजकले जनाएको छ । मलमा रहेको दशै तिहार उत्सव ब्यवस्थापन समितिले बुधबार पत्रकार

सम्मेलनको आयोजना गरी दशै तिहार र छठलाई लक्षित गरी बम्पर उपहारको साथमा हात खाली नजाने स्क्रयाच

कुपनको विशेष उपहार सञ्चालन गरिने जनाएको हो ।

जस अन्र्तगत बम्पर उपहार योजनामा सहभागि हुनका लागि न्यूनतम ५ सय रुपैयाको सामान खरिद गरे पुग्छ

भने स्क्रयाच कुपनमा सहभागी हुन ५ हजार बराबरको सपिङ गरे पुग्छ । बम्पर उपहारमा १ लाख १ जनालाई र

१० हजार ५ जनालाई साथै स्क्रयाच कुपनमा ५० हजार सम्मको नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न

सक्ने छन् ।

यस्तै, सेल्फी प्रतियोगीता, खाने प्रतियोगीता र ट्रेजरहन्ट प्रतियोगीता पनि उत्सवमा समावेश गरिएको छ । यो

योजना आउँदो असोज ५ गते देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने आयोजकको जानकारी दिएको छ । योजनाको

समापन मंसिर ८ गते बम्पर उपहार विजेता छनौट संगै हुने छ ।

आँफूहरु कहाँ आउँने ग्राहकलाई पूर्ण सन्तुष्टि दिन सकेको पोखरा ट्रेड मलका निर्देशक मिनराज काफ्लेले दाबी

गरे । ‘हामीकहाँबाट ठगियौ भन्ने म्यासेज ग्राहकले गरेका छैनन्,’ उनले भने, ‘सुरुवातमा केही कमजोरी भए पनि

अहिले सबै व्यवसायी परिपक्व हुनु भयो ।’

पत्रकार सम्मेलनमा दशै तिहार उत्सव ब्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी, महलका अध्यक्ष विन्दुकुमार

थापा लगाएतले दशै तिहारलाई लक्षित गरी यस पटकको उपहार योजनामा ग्राहकको लागि १० लाख बरावरको

उपहारको ब्यवस्था गरिएको बताए ।

 

pokhara trade mall दशै तिहार उपहार याेजना

Posted by Ganthan.com on Tuesday, September 18, 2018

कमेन्टहरु
Loading...