पोखरा ट्रेड मलको साप्ताहिक उपहार सम्झनालाई

कात्तिक, ८ पोखरा /पोखरा ट्रेड मल चिप्लेढुङ्गाले संचालित दशै तिहार मेला बम्पर उपहारमा आइतबार तेस्रो साताको साप्ताहिक उपहार खोलिएको छ । साप्ताहिक उपहार मलमा सपिङ गरेका ग्राहक सम्झना गुरुङले जितेकी छन् । लक्की ड्र मार्फत उनको कुपन नं ०५८८७७ साप्ताहिक उपहारमा छनोट भएको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । उनले ३२ इन्चको एलइडी टिभी उपहार प्राप्त गर्नेछिन् ।

आगामी साता एक कार्यक्रमका बीच उनलाई उपहार हस्तान्तरण गरिनेछ । गत साताका उपहार बिजेता अश्रित गुरुङलाई सोही अवसरमा सिजीको २ सय लिटरको फ्रिज उपहार प्रदान गरिएको छ । मलका अध्यक्ष थापाले गुरुङलाई फ्रिज हस्तान्तरण गरे । उपहार पाउँदा आफू निकै भाग्यमानी महसुस भएको गुरुङले बताए ।

यसैबीच, दैनिक उपहार अन्तर्गत कुपन नं। ०५७४०४ का ग्राहकले ५ सय रुपैयाँको नगद भौचर जितेका छन् । २ सय रुपैयाँको नगद भौचर कुपन नं। ०७५५८१, ००७५७० र ०६०१८९ का ग्राहकले जिते भने मुभी टिकट कुपन नं। ०८०५६८, ०८२१०२ र ०२०९६२ प्राप्त गरेका छन् । गिफ्ट ह्याम्पर ०११४२२, ०३१९८८ र ०५५८०३ कुपन नम्बरले प्राप्त गरेका छन् ।

ट्रेड मल भित्रका विभिन्न पसलबाट ग्राहकले सामान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टीहरु संकलन गरी लक्की ड्रमार्फत दैनिक र सातासम्मका कुपनमध्येबाट साप्ताहिक उपहार छनोट गरिन्छ । दैनिक उपहार अन्तर्गत हरेक दिन सामान गरिद गर्ने ग्राहकहरु मध्येबाट १० जनाले विभिन्न उपहार प्राप्त गरिरहेको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

बम्पर उपहार योजना अन्तर्गत भाग्यमानी ग्राहकले १ थान यामाहा बाइक र १ थान यामाहा स्कुटर उपहार प्राप्त गर्नेछन् । हिराको हार १ थान र मलेसियाको हवाई टिकट १ थान पनि बम्पर उपहारमा समावेश गरिएको छ । साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ इन्चको एल।इ।डि। टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान भाग्यमानी ग्राहकलाई प्रदान गरिनेछ ।

पोखरा ट्रेड मलभित्र न्युनतम १ हजार रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन र २ हजार ५ सय वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक मीनराज काफ्लेले बताए । मलभित्र आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको कम्पनी सचिव माधब तिमिल्सिनाले जानकारी दिए । उपहार योजना असोज १५ देखि मंसिर २४ गतेसम्म लागु हुनेछ ।

कमेन्टहरु
Loading...