पोखरा ट्रेड मलमा ब्रान्डेड सामग्रीको पसल मेल बक्स सञ्चालनमा

पोखरा, २९ फागुन/पोखरा ट्रेड मल एण्ड हाउजिङ्गमा मेल बक्स मल्टी ब्रान्डेड तयारी कपडा पसल शुरु भएको छ ।

ब्रान्डेड कपडाका सामानहरु खरिदको लागि पसल /पसल चाहारेर हिड्नु पर्ने बाध्यतालाई अन्त गर्ने उद्देश्यले पोखरा ट्रेड मलका लगानीकर्ताहरुले पसल सञ्चालनमा ल्याएका हुन् । उनीहरु करिब १ करोड ५० लाखको लगानी गरेको मेल बक्सका प्रोपाइटर दिपक कुमार मुल्मीले जानकारी दिए ।

पसलमा बिभिन्न ख्याती प्राप्त ब्रान्डहरु सामानहरु Level Jeans, Neaked Jeans, November Jeans, Kapsule – 9 का तयारी कपडा li-ning का जुत्ताहरु साथै Jockey Innerwear   रहेको उनले बताए । उद्घाटनको अवसरमा चैत्र ८ गते सम्म १० प्रतिशत सम्म छुट दिने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...