ट्रेडमलको दसैंतिहार उत्सव समापन शनिबार हुँदै

पोखरा, १७ कात्तिक/पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मल चिप्लेढुङगाले दसैं तिहार उत्सवको औपचारिक समापन कार्यक्रम शनिबार गर्ने भएको छ ।चाडपर्वलाई लक्षित गरी गत भदौ देखि सञ्चालन भएको दशै तिहार उत्सव–२०७४ अन्तर्गतको नगद वर्षा कार्यक्रमको बम्पर उपहार विजेता छनोट गरिने मलले जनाएको छ ।

नगद वर्षा कार्यक्रम अन्तर्गत २ सय ७ जनाग्राहकले विभिन्न साप्ताहिक उपहार पाइसकेको मलका अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए । शनिबार हुने बम्पर उपहार लक्की ड्र कार्यक्रममा १ लाख रुपैयाँको नगद तथा सपिङ भौचर १ जनाले जित्नेछन् । ६०हजार रुपैयाँ, ४०हजार रुपैयाँ र २५ हजार रुपैयाँको नगदतथा सपिङभौचर १÷१ जनाले जित्ने मलका कम्पनी सचिव माधव तिमिल्सिनाले जानकार दिए ।

‘५ हजार रुपैयाँको सपिङभौचर १० जनाले पाउने छन्,’ उनले भने, ‘शनिबार १४ जनाले उपहार जित्नेछन् ।’ मलले हरेक वर्ष पर्वहरुको अवसर पारी यस किसिमका कार्यक्रम गर्दै आइरहेको छ । मलले सञ्चालन गरेको कार्यक्रममा ग्राहकहरुको उत्साहजनक सहभागिता देखिएको अध्यक्ष थापाले बताए । कार्यक्रममा चर्चित लोक दोहोरी गायिका ज्योती मगर, हास्य कलाकार पोखरेली धुर्मुस र माग्ने बुढा राजेन्द्र नेपाली तथा युवराज ढकाल, सम्झना नेपाली, अविराजबिसीर मोडेल नृत्यकार जमुना देवकोटा लगायतको प्रस्तुति रहनेछ ।

कमेन्टहरु
Loading...