पोखरा-काठमाडौं शौचालय सहितको अत्याधुनिक रात्री बस सेवा

 

पोखरा, २२ मंसिर/पोखराबाट काठमाडौं र काठमाडौबाट पोखराका लागि अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा आएको छ । दिवा सेवामा स्तरीय सेवा दिदै आएको जगदम्भा ट्राभल्सले रात्री बसमा पनि सुविधायुक्त बस थप गरि सञ्चालनमा ल्याएको हो । पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन हुने बसमा शौचालय र स्लिपर सिट रहेको छ ।

मंसिर २७ गतेदेखि नियमित सञ्चालन हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा सञ्चालक केशब अधिकारीले जानकारी दिए । उनले बसमा अत्याधुनिक सुविधासम्पन्न ३० वटा स्लीपर सिट, सुत्नका लागि बल्याङ्केट, सुविधायुक्त मेकानिकल ट्वाईलेट, मिनिवारको सुविधा रहेको बताए ।

पोखरा काठमाडौं शौचालय सहितको अत्याधुनिक रात्री बस सेवा
पोखरा काठमाडौं शौचालय सहितको अत्याधुनिक रात्री बस सेवा
पोखरा काठमाडौं शौचालय सहितको अत्याधुनिक रात्री बस सेवा
पोखरा काठमाडौं शौचालय सहितको अत्याधुनिक रात्री बस सेवा

पोखरा र काठमाडौंबाट राती १० बजे छुट्ने बसको भाडादर ११ सय रुपैया रहेको उनले जानकारी दिए । यात्रुले चिया, कफीको साथै बेलुका हाईटी र विहान ब्रेकफाष्ट, मिठाई, पत्रपत्रिका, फेस टावेल लगायतको सुविधा प्राप्त गर्ने बताए । काठमाडौंबाट एक र पोखराबाट एक गरी दुई वटा बस सञ्चालनमा आउने र यात्रुको माग तथा आवश्यकता अनुसार थप गर्दै लगिने सञ्चालक अधिकारीले बताए । उनले करिब दुई करोडको लागनतमा बस सञ्चालनमा ल्यान लागेको बताए ।

पोखराको हेमजाबाट छुट्ने बस काठमाडौंको कलंकी, बल्खु, कोटेश्वर हुदै चक्रपथ परिक्रमा गर्ने पृथ्वीराज मार्ग बस व्यसायी समितिका अध्यक्ष ऐन कुमार साईले जानकारी दिए ।  पोखरा जगदम्भा ट्राभल्सले यसअघि पोखरा काठमाडौं रुटमा यस्तै सुविधायुक्त दिवा बस सञ्चालन गरेको थियो ।

कमेन्टहरु
Loading...