पोखराबाट भारतको देहरादुन सिधा बस सेवा शुरु

पोखरा, ८ जेठ/पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुन सम्म सिधा बस सेवा शुरु गरेको छ ।

पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्ताको १ एक दिन बुधबार पोखरा र शनिबार देहरादुनबाट बस सेवा सञ्चालन गर्न गरेको ट्राभल्सका सञ्चालक केशब अधिकारीले जानकारी दिए ।

उनले पोखराबाट नारायणगढ बुटबल, महेन्द्रनगर बनबास रुद्रपुर हरिद्धारा ऋषिकेश हुँदै देहरादुन सम्म पुग्ने छ । बुधबार पोखराबाट गएको बस शनिबार देहरादुनबाट फर्किने छ । उनले छिटै नै भारतको पट्ना र पोखरा जोड्ने गरी बस सेवा सञ्चालनमा ल्याउन तयारी गरेको बताए ।

भारतको नयाँ दिल्लि पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गरेकामा पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले खुसी व्यक्त गरे ।

उनले बुधबार पोखराबाट देहरादुन जान लागेका यात्रुलाई खादा लगाएर विदाई गरे ।
एक जनाको एकतर्फि ४ हजार ३ सय २० रहेको छ । नेपाली विद्यार्थी, व्यवसायी, विरामी र पर्यटनमा बस सेवाले टेवा दिने सञ्चालकको दावी छ ।

कमेन्टहरु
Loading...