व्यवसाय तथा एकिकृत सम्पत्ति कर समयैमा चुक्ता गर्न पोउवा संघको आग्रह

पोखरा, ३२ साउन /पोखरा उद्योग वाणिज्य संघले ऐन बमोजिम तोकिएको व्यवसाय कर तथा एकिकृत सम्पत्ति कर समयमै चुक्ता गर्न उद्योगी/व्यवसायी तथा सर्वसाधारणसँग अनुरोध गरेको छ ।
संघका महासचिव दामु अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी नियमानुसार कर बुझाउनु नागरिकको दायित्व भएको स्मरण गर्दै महानगरपालिकासँग नागरिकका आकांक्षाहरु बढ्दै गर्दा  दायित्ववोध र सहकार्यलाई परिणाममुखी बनाउनु पर्ने दायित्व रहेको स्मरण पनि गराउनु भएको छ ।
महासचिव अधिकारीद्धारा जारी विज्ञप्तिमा स्थानीय स्वायत्त शासन ऐन २०५५ ले व्यवस्था गरेको सार्वजनिक निजी साझेदारीको प्रावधान अनुसार महानगरपालिकाले उठाउँदै आएको व्यवसाय कर पोखरा उपमहानगरपालिकाले आफ्नो कार्यालयबाट र पोखरा उद्योग वाणिज्य संघले आफ्नो सचिवालयवाट र आफ्ना कर्मचारीहरु मार्फत फिल्डबाट समेत संकलन गर्ने गरी मंगलबार संझौता भएको जानकारी समेत दिइएको छ ।
सम्झौता अनुसार संघवाट संकलित कर मध्ये ३० प्रतिशत रकम यस क्षेत्रका उद्योगी व्यवसायीहरुको क्षमता अभिबृद्धिसँग सम्वन्धीत बिभिन्न तालिम एवं गोष्ठीहरु आयोजनाका अतिरिक्त व्यवसाय प्रवद्र्धनसँग सम्वन्धीत कार्यक्रम आयोजना गरिने पनि संघले स्पष्ट पारेको छ ।
यसैगरी संघले स्थानीय स्वायत्त शासन ऐन २०५५ मा भएको व्यवस्था अनुरुप आर्थिक वर्ष २०७२/०७३ बाट  नगर क्षेत्रमा एकिकृत सम्पत्ति कर लागु भएको स्मरण गर्दै सो ऐनले व्यवस्था गरेको पाँच वर्षसम्म करको दर बढाउन नपाइने व्यवस्थालाई नजरअन्दाज गरी तत्कालीन उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ दर बढाउने त्रुटिपूर्ण निर्णय सच्याउँदै  संघको माग अनुसार नै आर्थिक वर्ष २०७४/०७५ सम्म पुरानो व्यवस्था अनुरुप नै एकिकृत सम्पत्ति कर संकलन गर्ने निर्णयलाई पनि सकारात्मक रुपले लिएको उल्लेख गरिएको छ ।
कमेन्टहरु
Loading...