पोखरामा ६ अर्ब २९ करोड राजश्व संकलन

पोखरा, ७ वैशाख /आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ अर्ब २९ करोड रुपैया राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब पाँच करोड रहेकामा लक्ष्य भन्दा ४ प्रतिशत बढि राजश्व संकलन गरेको कार्यालयका कर पोखराका अधिकृत विजय लामिछानेले जानकारी दिए ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका १ लाख २३ हजार ६ सय ६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४ सय ४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २ सय २० जना रहेका छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर ९भ्याट०मा दर्ता भएकाको संख्या ११ हजार २७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या ६ हजार ९ सय ६२ जना रहेको लामिछानेले जानकारी दिए ।

चालु आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेले बताए । गत आर्थिक वर्ष साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो ।

कमेन्टहरु
Loading...