इटहरीबासीलाई सडक महोत्सवको निम्तो

इटहरी, २८ मंसिर /जताततै झरीले रुझाइरहेको अवस्थामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली भने प्रचारात्मक अभियानको लागि इटहरी पुगेको छ । चिसो मौसममा २१ औ सस्करणको सडक महोत्सवको निम्तो बाँड्दै जनकपुरबाट धनकुटाको भेडेटारबाट फर्किएर इटहरी आइपुगेको हो ।

इटहरीमा सञ्चारकर्मीहरु मार्फत पोखरामा आगामी पुस १२ गतेदेखि आयोजना हुने सडक महोत्सवमा पूर्वेलीबासीको उत्साहजनक सहभागिताको लागि आग्रह समेत रेबान टोलीले गर्यो । पूर्वेली मौलिक सँस्कृति सडक महोत्सवमा वर्षेनी झल्कन्छ । सँस्कृतिलाई संरक्षण गर्ने अभिप्रायसँगै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य हो ।

महोत्सव विशेष गरी साँस्कृतिक आदान प्रदान गर्ने संगमस्थलकै रुपमा विकास हँुदैं गएको भन्दै रेबान टोलीले पूर्वेलीबासिन्दाको सहभागिता उत्साहजनक रहेको विश्वास व्यक्त गरे । महोत्सवका सहसंयोजक नरेश भट्टराईले पोखराको सडक महोत्सव पश्चिमेलीको लागि मात्रै होइन यो समग्र नेपालकै गरिमाको रुपमा रहेको महोत्सव भएको बताए ।

‘पर्यटन प्रवद्र्धनको मुख्य आधार नै अहिले कनेक्टिभिटी हो । कनेक्टिभिटी विना आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन सहज हँदैन् । कनेक्टिभिटीले आवातजावत सहज हुन्छ । जति सहज भयो उति नै आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुन्छ’, रेबान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टाईले शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने–‘सबै शहरलाई हरेक दृष्टिकोणले जोडिन जरुरी छ ।’

रेबानले वर्षेनी एकै मितिमा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म निश्चित मितिमै गरिने यो एकमात्रै महोत्सव हो । विशेष गरी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा घुम्न जाँउ है भन्ने अभिप्रायले रेबानले सडक महोत्सव आयोजना गर्दै आएको छ । ‘महोत्सव प्रचारात्मक अभियानमै जुट्दै आएका छौं । अहिर राष्ट्रिय अभियनकै रुपमा लैजान देशव्यापी प्रचारमा जुटेका हौं,’ महोत्सव प्रवद्र्धनात्मक अभियानका संयोजक सूर्यबहादुर भुजेलले भने,‘महोत्सव जनस्तरबाटै सुरु गरिएको हो त्यसैले सानो क्षेत्रमा मात्रै प्रचार गरिएको थियो । अहिले वृहत रुपमा अगाडि बढेका हौैं ।’

रेबान पोखराले पुस १२ गतेदेखि लेकसाइड क्षेत्रको ३ किलोमिटरमा सडक महोत्सव गर्दै आएको छ । सडकमै खाँउ, सडकमै रमाऔं भन्ने नारासहित वर्षेनी आयोजित सडक महोत्सवमा लाखौं आन्तरिक तथा वाह्य पर्यटक पोखरा भित्रिने गरेका छन् । सडकमै मौलिक संस्कृतिको प्रदर्शन गरिने छ । विभिन्न भेषभुषालाई झाँकीको रुपमा प्रदर्शन गरिने २१ औं सडक महोत्सवका संयोजक नरेश भट्टराईले बताए । उनका अनुसार सडकमै गरिने महोत्सव नेपालकै पहिलो हो ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुवेदी, नाटाका पुर्व अध्यक्ष ओमप्रकाश पाण्डे, ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल पश्चिमाञ्चनका अध्यक्ष हरि भुजेल, पत्रकार विनोद लामिछाने लगायतले स्तरीय बस सेवा सञ्चालन गर्नु पर्नेमा जोड्दिए ।
पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ ।

खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेले बताए । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने छ ।

महोत्सवको आक्रर्षणमा भारतिय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिने, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्व्ति जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।

कमेन्टहरु
Loading...